९१२ लिटर अबैध मदिरा नष्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ बैशाख २०७३, मंगलवार १४:३३

लक्ष्मीराज पाध्याय
बाजुरा २८ बैशाख  । जिल्ला प्रहरी कार्यालय बाजुराले एक महिनाको अबधीमा जिल्लाको बिभिन्न ठाउबाट ९१२ लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बर्ष भरी नै चरम खाद्य संकट भइरहने बाजुरा जिल्लाका होटल ब्यबसायीहरुले बिश्व खाद्य संस्थान डिपो ,नेपाल खाद्य संस्थानको चामल र स्थानीय जौ ,कोदो लगाएतका अन्नको प्रयोग गरी अबैध मदिरा बनाइ बिक्रि बितरण गरीरहेको भन्ने सुचनाका आधारमा अबैध मदिरा र बनाउन प्रयोग गरीने भाडाकुडा बरामद गरी नष्ट पार्ने कामद गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दलबहादुर बोगटीले जानकारी गरेका छन ।
जिल्ला प्रहरी कार्यालय बिछ्याबाट ११५ लिटर ,कुन्ना प्रहरी चौकी कुन्नाबाट १२० लिटर बिसु गार्ड प्रहरी चौकी कोल्टी १५२ लिटर बाँकी सदरमुकाम मार्तडीबाट खटेको प्रहरीहरुले मदिरा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । मदिराकै कारण जिल्लामा खाद्य संकट ,घरेलु हिंसाका साथै गैर कानुनी घटना बढेको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले सदरमुकामका होटल ब्यबसायीहरुलाई जनचेतना मुलक कार्यक्रमका साथै साँझ ९ बजे पछि होटल बन्द गर्नुका साथै मदिरा बिक्रि बितरण गर्न नपाइने निर्देशन दिइएको राज कटेज मार्तडीका दिलबहादर कुंबरले बताएका छन ।
जिल्लामा इजाजत बिना मदिरा बिक्रि बितरण गर्न कानुनी रुपमा छुट नभएपनि अधिंकास होटल ब्यबसायीहरुले कानुनको उल्लघन गरेको पाएको छ । सरकारी कार्यालय भन्दा करिब १सय मिटर टाढाको दुरीमा मात्र मदिरा राख्न पाइने भए पनि सरोकारवाला निकायहरु मौन बसेको स्थानीहरुले आरोप लगाउने गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१