आफूसँग चुम्बकीय शक्ति भएको दाबी गर्ने एक भारतीयले विभिन्न सामानहरुलाई आफ्नो शरीरमा अड्याए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ बैशाख २०७३, सोमबार १३:०५

chumbakके तपाइँले शरिरमा चुम्वकीय शक्ति भएको देख्नु भएको छ ? आफूसँग चुम्बकीय शक्ति भएको दाबी गर्ने एक भारतीयले विभिन्न सामानहरुलाई आफ्नो शरीरमा अड्याएर सबैलाई आश्चर्यमा पारेका  छन् ।भारतको मध्य प्रदेशस्थित सागर जिल्लाका अरुन रैकवारले केही समयअघि मात्रै आफ्नो शरीरमा यस्तो शक्ति रहेको पत्तो पाएका थिए  ।एक दिनको कुरा हो उनी घरको काम गर्दा गर्दै उनको शरीरमा काँटी अड्किएको थियो त्यतिखेर त उनी एक्कासी झस्किए,बिस्तारै उनले चम्चा तथा अन्य धातूका बस्तुहरुलाई शरीरमा अड्याउँदै गए चामत्कारिक रुपमा उनका शरिरमा ती  सामान अड्कन थाले । उनी भन्छन् –‘मलाई थाहा थिएन कसरी यस्तो भयो । आजकल मानिसहरु मलाई हेर्न आउँछन् र खुसी लाग्छ ।’यस सम्वन्धमा उनले डाक्टरसँग पनि चेकअप गरे । शुरुआतमा डाक्टरहरु समेत उनको शरीरमा यसरी सामान अड्किएको देख्दा अचम्मै परेका थिए ।तर स्थानिय अस्पतालका डाक्टरले उनमा खासै शारीरिक समस्या नरहेको बताए । उनको धेरैभन्दा धेरै चुम्बकीय शक्ति छाति,पेट र शरीरको पछाडीपट्टीको भागमा छ । उनको जाँच गर्ने ४५ वर्षका चिकित्सक शैलेन्द्र शुक्ला भन्छन्, ‘यो अचम्मकै केश हो । तर म लाई आश्चर्य भने लागेको छैन किनकी हामी सबैको शरीरमा केही चुम्बकीय शक्ति हुन्छ । अरुनको शरीरमा चुम्बकीय शक्ति बढेको छ र केही समयपछि यो आफैँ हट्नेछ ।आफ्नो शरिरमा भएको यो अद्भुत कृयाकलापको बारेमा उनी  गिनिज बुकमा आफ्नो नाम रेकर्ड गराउन चाहन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१