मेलमिलापको विकल्प खोज्न तर्फ नलागौ : शान्ति मन्त्रि ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ बैशाख २०७३, सोमबार ०८:१४
dhakalपोखरा। शान्ति तथा पुनर्निनिर्माण मन्त्री एकनाथ ढकालले शान्ति प्रकृयाको मूल मर्म मेलमिलाप भयको बताउनु भयको छ । स्थानीय शान्ति समिति कास्की द्वारा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्रि ढकालले नया संबिधान निर्माण संगै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको सस्थागत विकास राजनैतिक सहमतिको यात्राको सफल अभ्यास हो भन्नु भयो । मन्त्रि ढकालले शान्ति प्रकृयाका बाँकि रहेका काम सम्पन्न गर्न संक्रमणकालिन न्यायको सिद्धान्त बमोजिम गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारियका व्यक्तिको छानबिन आयोग गठन भइ काम गरि रहेको बताउदै दुवै आयोगले स्वतन्त्र, निस्पक्ष र पारदर्शी ढंग वाट द्वन्द कालिन घटनाहरुको छानबिन गर्न सफल हुने बिश्वाश ब्यक्त गर्नु भयो। नेपाल परिवार दलका अध्यक्ष समेत रहेका मन्त्रि ढकालले नेपालको शान्ति प्रकृया विश्वमा नै एक बिशिस्ट सफल प्रयोग  हो भन्दै यसको सफलताको मूल मर्म मेलमिलाप नै हो र प्रतिशोध होइन भन्नु भयो । मन्त्रि ढकालले द्वन्द प्रभावित हरुको समस्या समाधानमा राज्य गम्भीर रहेको बताउदै सबै लोकतान्त्रिक आन्दोलनका सहिद परिवार र  घाइतेलाइ उचित कदर र ब्यबस्थापन गरिने बताउनु भयो । मन्त्रि ढकालले स्थानीय निकायका प्रमुख हरुलाई आफ्ना बार्षिक योजनामा द्वन्द प्रभावितहरुलाई प्राथमिकता राख्न आग्रह गर्दै स्थानीय शान्ति समितिलाइ निर्देशन दिदै भन्नु भयो “शासकीय प्रणालीलाई शान्ति, विकास र सामाजिक एकीकरण मैत्री बनाउन संयोजनकारी भूमिका खेल्नुहोस”।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१