श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन पक्षलाई अनुगमन गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ बैशाख २०७३, सोमबार ०५:२०

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिककाठमाडौँ, २७  वैशाख । आगामी आवदेखि कार्यान्वयन गर्ने भनिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन पक्षलाई अनुगमन गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आव २०७३÷७४ को नीति तथा कार्यक्रममा कार्यान्वयनको अनुगमनलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।

यही वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० बनाउने निर्णय गरेको थियो । बैठकले न्यूनतम पारिश्रमिकका रूपमा राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारीको रु १४ हजार ४००, सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको रु १४ हजार १०० र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको रु १२ हजार ५०० समेत निर्धारण गरेको थियो । तर मिडिया उद्योगीले भने आफूहरूसँग सल्लाह नै नगरी सरकारले एकलौटे रूपमा निर्णय गरेको भन्दै गुनासो गर्दै आएका छन् ।

नेपालको आफ्नै भू–उपग्रहको विकास गरी दूरसञ्चार प्रविधि, रेडियो र टेलिभिजनको विस्तार गर्ने कार्य प्रारम्भ गर्दै ग्रामीण दूरसञ्चार कोष परिचालन गरी मध्यपहाडी लोकमार्ग तथा हुलाकी राजमार्गमा अप्टिकल फाइवर विस्तार गर्ने कार्यलाई सरकार अगाडि बढाउने भएको छ ।

माइक्रोवेभ ट्रान्समिसनबाट सामुदायिक विद्यालय र प्राथमिक स्वास्थ्यकेन्द्रमा इन्टरनेट सुविधा उपलब्ध गराउने कार्यलाई समेत सरकारले नीति तथा कार्यक्रमा समावेश गरेको छ ।

त्यसैगरी सरकारले पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने बजार केन्द्र र घोषणा भएका नयाँ नगरपालिकामा आधुनिक सहरको अवधारणाअनुसार सूचना प्रविधिका सेवा उपलब्ध गराउने भएको छ । महत्वपूर्ण सार्वजनिकस्थलमा दूरसञ्चार सेवा प्रदायक संस्था र सम्बन्धित संस्थाले लागत ब्यहोर्ने गरी निःशुल्क इन्टरनेट सेवा दिने कार्य पनि सुरु गरिने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१