चित्रमा उतारियो पञ्चासेलाई (फाेटाेफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ बैशाख २०७३, आईतवार २०:४०
panchaseकलाको माध्यमबाट प्रकृति, वन्यजन्तुको प्रवद्धन गर्ने उद्देश्यका साथ पञ्चासे क्षेत्रमा स्थलगत रुपमा सिर्जना गरिएका कलाकृतिहरुको प्रदर्शनी ‘पञ्चासे’ बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ। ‘वन्यजन्तु र मानवको सह अस्तित्व’ नाराका साथ आफ्ना गतिविधीलाई अघि बढाई रहेको ‘आरएफडब्लुभी’ नामक संस्थाद्वारा आयोजित प्रदर्शनीमा ४१ थान कला सिर्जना राखिएका छन्।
पञ्चासे, भदौरी र भञ्ज्याङमा आयोजित कला कार्यशालाका १६ सहमागीले तयार एक्रेलिक माध्यममा तयार पारेको चित्रमा प्रकृतिसँग सम्बन्धित विविध विषय अटाएका छन्।
प्रदर्शनीमा अनिता भट्टराई, विनोद प्रधान, सुनिता राणा, जीवन राजोपाध्याय, डि राम पाल्पाली, प्रधी राणा, एरिना ताम्राकार, एल पी गुरुङ, ध्वज गुरुङलगायतका कलाकारहरुका कला प्रदर्शनीमा राखिएका छन्।
प्रदर्शनीमा कलाकारहरुले गाउँ, झरना, नाचगान गरिरहेका मानिस पहाड दृष्यचित्रलाई समावेश गरिएका छन् ।
प्रदर्शनीमा यस कार्यशालाभन्दा अघि चितवनमा गरिएको कार्यशालाका चित्रहरु पनि राखिएका छन्। यस हिसाबले प्रदर्शनीमा जम्मा १०७ थान कलाकृति रहेका छन्।
प्रदर्शनी २८ गतेसम्म जारी रहनेछ।

setopati

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१