स्वर्गद्वारी दर्शन गर्न गएका एकै घरका ४ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ बैशाख २०७३, आईतवार १२:१२

दाङ २६ बैशाख । स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका एकै घरका दुई जनासहित ४ जनाको प्युठानमा मृत्यु भएपछि दाङको तुलसीपुर नगरपालीका १९ उरहरी गाउँ शोकमा डूबेको छ । मन्दिरको दर्शन गरेर फर्किने क्रममा भिंगृ –१ स्थित मुहानखोलाले बा १४ च ३८३९ नम्बरको स्कारपियो जिपलाई ठाडो (खहरे) खोलाले बगाउँदा ६५ वर्षिय सुकदेव खनाल उहाँकी छोरी १९ वर्षिय विमला खनाल र भाइकी छोरी १३ वर्षिय अस्मिता खनालको घटनास्थलमै ज्यान गएको प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रञ्जित सिङराठौरले जानकारी दिनुभयो । ६५ वर्षिय दुवा खनालको अस्पताल लैजाँदै गर्दा बाटोमै मत्यु भएको परिवारले जनाएको छ । घटनामा घाइते भएका ४ जनाको गम्भीर उपचारका लागि कोहलपुर लगिएको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१