रोशन अधिकारीर / कृष्ण के सी । नेपल अमेरिक पत्रकार संघको ५ औं अधिबेशन नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टको प्रमुख आतिथ्यमा भब्य रुपमा उद्घाटन सत्र सम्पन्न भयो। करिब १५० साधारण सदस्य गहेको नेजाको सो अधिबेशनमा सिटी अफ आर्टेसियाका मेयर भिक्टर मनालो, प्रोटेम मेयर अली ताज, नेपाल सरकारका महाबाणिज्य दूत ऋषी ढकाल, पर्यटन दुत अनिल पाण्डे, एनआरएनएका आइसिसी सदस्य दिल श्रेष्ठ, एनआरएन अमेरिका उपाध्यक्ष डिल्ली भट्टराई, नेपाली जनसम्पर्क समिती अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, नेपाली प्रवासी मंचकी उपाध्यक्ष यमुना भट्टराई, नेजाका संस्थापक अध्यक्ष गिरिश पोख्रेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतले आफ्नो मन्तब्य सहित अधिबेशनको सफलताको शुभकामना दिनुभएको थियो।
प्रमूख अतिथि डा विष्टले पानसमा बत्ति बालेर उद्घघाटन गरेर सुरु गरिएको कार्यक्रममा उहाले जती बढी आफू जिम्मेवार भएर काम गरिन्छा तेत्तिनै स्वतन्त्र हुने कुरा बताउनु भयो। नेपालमा ८०० भन्दा बढि पत्रिकाहरु, ८२ भन्दा धेरै टेलिभिजन, २७३ अनलाइन पत्रिकाहरु रहेको जानकारी दिनुभयो। नेपालमा आपत बिपत परेको बेलामा नेपालमा पत्रकारिता गर्ने पत्रकारहरुलाई नेजाबाट भएको उत्साह दिने सहयोगका लागि धन्यबाद दिनुभयो। नेपालमा सशस्त्र द्वन्दको बेलामा ३६ जना पत्रकारहरुको हत्या भएको जानकारी दिंदै डा बिष्टले भन्नुभयो आन्दोलन चर्केका बेलामा एकबर्ष भित्रमा १३९ घटनाहरु पत्रकारहरु माथि घटेको तेस मध्य १२० तराइमा मात्र घटेको कुरा पनि जनाकारी गराउनुभयो।
तेसैगरी बाणिज्य दुत ढकालले आनुने दिनमा सत्यतथ्य समाचारहरु बाहिरा ल्याइदिनुह्योला जसले समाजलाई परिवर्तन गर्न साधक होस्।
जन समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले जसरी पत्रकारहरु एकजुट भएर प्रवासमा बसेर समाज र देशको लागी सहयोग गर्नु भएको छ तेसैगरी जनसम्पर्क समितीले पनि राजनीति भन्दा देश र समाजको हितका कामहरु गरेका छौ भन्नु भयो। तेसैगरी प्रवासी मंचकी उपाध्यक्ष यमुना भटराइले पत्रकारहरु साहसी र बहदुर भएकोमा कदर गर्नुभयो।
कार्यक्रम नजाका सभापति गौतम दहालको सभापतित्वमा भएको थियो भने संचालन संस्थाका महासचिव भोला आचार्यले गर्नुभएको थियो। आयोजक (संयोजक तथा नेजाका सचिव सुदिप पन्तले स्वागत गर्नुभएको थियो। कार्यक्रममा सयहोग गर्नु व्यक्ति र संथाहरुलाई प्रमुख अतिथिको हातबाट प्रमाण पत्र प्रदान गर्नुका साथै संथाको सातौ स्मारिका “प्रयास” को बिमोचन गरिएको थियो।
प्रतिक्रिया