ठमेलबाट नक्कली पेस्तोलसहित ३ जना पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ बैशाख २०७३, आईतवार ०५:४१
नक्कली पेस्तोलकाठमाडौं,२६ बैशाख । काठमाडौंको ठमेलबाट नक्कली पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ।
काठमाडौंका राजीव श्रेष्ठ, उदेव मनिष खान र आयुष श्रेष्ठलाई पक्राउ गरिएको डिएसपी सोमेन्द्र सिंह राठौंरले जानकारी दिए। अर्कै समूहसँग हतियार किन्नका लागि ‘डिल’ गर्न आएका बेला उनीहरुलाई पक्राउ गरिएको उनले बताए। उनीहरुको साथबाट २ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
विदेशी महिला लुटिएको अपुष्ट खबर आएपछि प्रहरी सर्च अभियानमा जुटेको थियो । सो क्रममा पेस्तोल किन्नका लागि बार्गेनिङ भइरहेका बेला उनीहरु पक्राउ परेको प्रहरीले दाबी गरेको छ। उपत्यकामा महिलाहरुको सुनको सिक्री लुटेर भाग्ने समूह उनीहरु नै भएको डिएसपी राठौंरले बताए।
उनीहरुले बुढानिलकण्ठ, सोह्रखुट्टे र सामाखुसीमा एकै दिन एउटै मोटरसाइकल प्रयोग गरी सुनको सिक्री लुटेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१