कसको माया जालमा परिन् सम्पदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ बैशाख २०७३, शनिबार १५:१८

काठमाण्डौ । लोकदोहोरी तथा आधुनिक गायिका गीता भट्टराईले माया जालमा परे बोलको नयाँ गीत सार्बजनिक गरेकी छिन् । तीन बर्ष अघि जोवन ढल्कियोनामक एल्बम सार्बजनिक गरेकी गायिका भट्टराई पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा छिन् ।

sampada in vdoउनले तीन बर्ष पछि नयाँ गीत केहि समय अघि मात्रै सार्बजनिक गरे पछि उनको चर्चा चुलिएको हो । उनले गत महिना मात्रै सार्बजनिक गरेको भुल्नै गाह्रो भोबोलको आधुनिक गीतको म्युजिक भिडियो पछि अहिले उनले नयाँ लोकदोहोरी गीत सार्बजनिक गरेकी हुन् ।

हालै सार्बजनिक गीतमा गायिका भट्टराईलाई खुमन अधिकारीले गायनमा साथ दिएका छन् । बाबुराम बोहराको शब्द र खुमन अधिकारीको संगीत रहेको भिडियोलाई शंकर बिसिले निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोमा मोडल सम्पदा बाँनिया र बाबुराम बोहराले अभिनय गरेका छन् । भिडियोमा यि दुईले अनस्क्रिन रोमान्स समेत गरेका छन् ।

गायिका भट्टराई अहिले रिमिक्स शैलीको परे ओ परे’, लोकपप शैलीको युएस लण्डनमार आधुनिक बिधाको माया मारी चटक्कैबोलको गीतको रेकर्डिङ सकेर म्युजिक भिडियो निर्माणको तयारीमा रहेको गायिका भट्टराईले बताईन् । ब्यबसायका कारण गायनमा केहि समय ग्याप गरेको बताउदै अब निरन्तर रुपमा गायनमा सक्रिय हुने उनले दाबी गरेकी छिन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१