‘सास छ कि लास भो बताइदेऊ सरकार’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ बैशाख २०७३, शुक्रबार १५:४१
sarkarकाठमाडौँ,२४ वैशाख ।  ‘खाटो बसेको घाउलाई पटक पटक कोट्यायँदैछ । घाउमा अब मलम लगाउने काम गरियोस्,’ करिब १७ वर्षदेखि अत्तोपत्तो नभएका आफ्ना पति पूर्णचन्द्र काफ्लेको अवस्थाबारे जानकारी दिन माग गर्दै पार्वती काफ्लेले बेपत्ता छानबिन आयोगकी सदस्य नरकुमारी गुरुङसमक्ष रुँदै भनिन् ।
 
 
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगद्वारा बिहीवार स्याङ्जा सदरमुकाममा आयोजित पीडित तथा सरोकारबालासँगको अन्तक्रिया कार्यक्रममा काफ्ले लगायत बेपत्ता परिवारले आयोगका सदस्य गुरुङसमक्ष आफ्ना गुनासा सुनाएका हुन् ।
 
२०५७ असोज ३० गते बिहान ४ बजे उठेर हिँडेका बेरोजगार पतिले कामको खोजीमा पटक–पटक भारत जाने कुरा सुनाउँदा आफूले गाउँमै केही गर्नुपर्छ भनेर रोक्दै आएको पार्वतीले बताइन् । ‘अघिल्लो साँझ साथीहरुले कामका लागि भारत जाउँ भन्दैछन् भनेर सुतेका पति बिहान ४ बजे उठेर हिँड्नुभयो, त्यसपछि अहिलेसम्म बेखबर हुनुहुन्छ,’ उनले रुँदै भनिन् ।
 
बानेथोक–१ की धनकुमारी काफ्ले पनि आफ्ना छोरा शेषकान्त काफ्लेको अवस्था जान्न चाहन्छिन् । काफ्ले पनि १८ वर्षदेखि बेपत्ता छन् । धान रोप्न हिँडेका काफ्लेको आजसम्म अत्तोपत्तो छैनन् ।
 
मग्याम चिसापानीकी निशा मल्ला भन्छिन्, ‘आफन्त भेट्न हिँड्का पति बेखबर बनेको १० वर्ष बितेछ । हामीलाई एउटै जवाफ छिटो दिनुस्, लास भए कि सास छ ?’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१