नेपालीहरुको समस्या माथिको ब्यंङग्य “समस्याको पोको” (भिडियो)
राष्ट्रिय खबर
२४ बैशाख २०७३, शुक्रबार १५:३६
करिब ६ वर्ष अघि खलंगा प्युठानवाट आफ्नो सपनाको भविष्य खोज्दै एक युवक काठमाडौं शहर पसेको थियो । जसलाई काठमाडौं नामक शहरले धेरै कुरा सिकायो । शुरुमा कामको अभावमा उनले शहरको नामी हस्पिटलमा लास कुर्ने काम देखि फोहोर उठाउने, भारि वोक्ने, आफ्नो ज्यान नै खतरामा राखेर विजूलीको पोलमा चढेर तार राख्ने लगायतका काम गरे । तर अहिले उनको दिनचर्या फेरीएको छ । अहिले उनी धेरै ठाँउमा आफ्नो कला प्रस्तुत गर्नमै व्यस्त रहन्छन् ।
उनको असली नाम वेगम नेपाली हो । तर उनी नेपाली कला क्षेत्रमा भट्भटे माइला का नामले परिचित छन् । उनी सामाजिक हास्यव्याग्त्मक प्रस्तुती र अभिनयले गर्दा दिनप्रतिदिन लोकप्रिय भइरहेका छन् । सानै उमेर देखिनै कला क्षेत्रमा केही गर्ने सपना बोकेका वेगम उर्फ भट्भटे माइलाले सात कक्षाको उमेर देखिनै आफ्नो कलालाई रेडियो प्युठान र रेडियो लिस्ने मार्फत श्रोता माझ प्रस्तुत गरेका थिए । शुरु देखि नै उनका प्रस्तुतीहरुमा सामाजिक हास्यव्यांग्त्मक विषयहरुले ठाँउ पाउथे ।
लगभग ४० वटा जति चलचित्र, टेलिसिरियल र म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गरेका उनी पछिल्लो समयमा मेरीवास्यैको चरित्र भट्भटे माइला मार्फत एकाएक चर्चामा आएका थिए । हाल उनले आफ्नै परिकल्पना तथा निर्देशनमा हास्यव्यांग्त्मक प्रस्तुती समस्याको पोको सार्वजनीक गरेका छन् । उनको यो समस्याको पोकोलाई अनलाइन युटुयब च्यानल एन.के. टिभिले निर्माण गरेको छ ।
प्रतिक्रिया