देशको गुप्तचरी कमजोर हुँदै गएको सांसदहरूको भनाइ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ बैशाख २०७३, बिहीबार ०९:३४
गुप्तचरीकाठमाडौँ, २३ वैशाख । ‘पञ्चायतकालमा बनारसमा बिपीलाई भेटेर फर्किंदा हामीलाई सीमामै प्रहरीले पक्राउ गथ्र्यो, त्यतिवेलाको गुप्तचरी धेरै बलियो थियो,’ बुधबारको राज्यव्यवस्था समितिको बैठकमा कांग्रेस सांसद आनन्द ढुंगानाले भने, ‘तर, अहिले हतियार नै बोकेर हिँड्दा पनि कसैले चाल पाउँदैनन्, किन यस्तो कमजोर भयो हाम्रो देशको गुप्तचरी ? ’
ढुंगाना मात्र होइन, धेरै सांसदहरूले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग कमजोर भएको भन्दै आलोचना गरे । विभाग राजनीतिक भर्तीकेन्द्र बनेको र देशको गुप्तचरी कमजोर हुँदै गएको सांसदहरूको भनाइ थियो ।
 
तीन दिनभित्र सुधार ल्याउने गृहमन्त्रीको दाबी
 
बैठकमा बोलाइएका गृहमन्त्री शक्ति बस्नेत स्वयंले पनि गुप्तचरले राम्रो काम गर्न नसकेको स्विकारे । तर, तीन तीनभित्र गुप्तचरलाई प्रभावकारी बनाउने एउटा योजना सुनाउन लागेपछि सांसदहरूको चासो बढ्यो ।
 
‘तपाईंहरू एउटा दबाब नदिनुस्, म तीन दिनभित्र गुप्तचरमा सुधार ल्याउँछु,’ मन्त्री बस्नेतले भने, ‘जुन जिल्लाको कर्मचारी हो, सोही जिल्लामा गुप्तचरका कर्मचारीलाई नराख्ने निर्णय गरियो भने मात्र पनि धेरै सुधार हुन्छ, तर तपाईंहरूले भोलिदेखि प्रेसर गर्न पाउनुहुन्न ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१