५० प्रतिशत महंगियो डलर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ बैशाख २०७३, बिहीबार ०९:३०
डलरकाठमाडौं, २३ वैशाख । पछिल्ला ५ वर्षमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ झण्डै ५० प्रतिशतले सस्तिएको छ । ठीक ५ वर्षअघि सन् २०११ को मे १ मा नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी मुद्राको सटही दर ७१ रुपैयाँ २५ पैसा थियो ।
 
बुधबार यो १ सय ६ रुपैयाँ ८६ पैसा पुगेको छ । गत आइतबार (१ मे २०१६) मा यो १ सय ६ रुपैयाँ ७१ पैसा थियो । यसबीच गत फागुन १६ (फेब्रुअरी २८) मा अमेरिकी मुद्राको विनमयदर १ सय १० रुपैयाँ २८ पैसाको कीर्तिमानी उचाइमा पुगेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१