ऋतिक रोशन र कंगनाको विवाद बढ्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ बैशाख २०७३, बिहीबार ०६:५३

anuskaबलिउडमा अहिलेको सबैभन्दा चर्चित विषय अभिनेता ऋतिक रोशन र कंगनाको विवाद र त्यसले निम्त्याएको मुद्धा हो। सुरूमा सामान्य देखिएको विवाद अहिले उत्कर्षमा पुगेको छ।

कंगना र ऋतिकको यो विवादमा उनीहरूका प्रशसंकहरू पनि मिसिन थालेका छन्। सामाजिक संजाल विशेषत: ट्विटर प्रयोगकर्ताहरूले यस विवादमा कंगनाको विरूद्ध ट्विट गरिरहेका छन्।

कंगनाका पूर्व प्रेमी अधियन सुमनले कंगना विरूद्ध बोलेपछि ट्विटर प्रयोगकर्ताहरूले ट्विटरमा ‘क्यारेक्टरलेस कंगना’ भन्ने ह्यासट्याग ट्रेन गरे।
ट्विटरमा यसरी ‘क्यारेक्टरलेस कंगना’ ह्यासट्याग ट्रेन भएपछि, ऋतिकले भने कंगनाको बचाउमा बयान दिएका छन्। ऋतिकले अरु कसैलाई ‘क्यारेक्टरलेस’ भन्नु सही नभएको र कसैलाई यस्तो शब्द प्रयोग गरेर मुल्यांकन गर्नु गलत हुने भन्दै आफ्नो ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१