सञ्चार मन्त्रालयको नियुक्तिप्रति अख्तियारको चासो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ बैशाख २०७३, बिहीबार ०४:५६
अख्तियार दुरुपयोगकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रेस काउन्सिलमा गरिएको नियुक्तिमा चासो देखाएको छ । आयोगले आज एक विज्ञप्ति प्रकाशित गरी सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको काउन्सिलको सदस्यमा हालै गरेको नियुक्ति आयोगको गत वैशाख १५ गतेको निर्णयको प्रतिकूल देखिएकाले चासो देखाएको जनाएको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार आयोगको पूर्वनिर्णयको प्रतिकूल देखिएकाले सूचना तथा सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै आज पत्र पठाइएको जानकारी दिनुभयो ।
 
उहाँले आयोगको ऐन, २०४८ को दफा २८ बमोजिम पत्र पठाइएको उल्लेख गर्नुभयो । आयोगले सरकारी निकायअन्तर्गत नियुक्ति गर्दा मन्त्रिपरिषद्बाट गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१