६० जना बालिकालाई बुधबार रहस्यमयपूर्ण रुपमा बिष खुवाइयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ बैशाख २०७३, बुधबार १६:५८
aphganisthanतालुकान (अफगानिस्तान) ।  अफगानिस्तानको तखार प्रान्तको रुस्ताक जिल्लामा अवस्थित एक बिद्यालयका ६० जना बालिकालाई बुधबार रहस्यमयपूर्ण रुपमा बिष खुवाइएको छ ।
 
मिर मुलाई नामक बालिकाहरुको विद्यालयमा स्थानीय समयाअनुसार बुधबार विहान रहस्यमयढङ्गबाट विष खुवाइएको जनाइएको छ ।
 
सो विद्यालयका सात देखि १२ कक्षासम्म अध्ययनगर्ने विद्यार्थीहरुलाई विष पिलाइएको समाचारमा जनाइएको छ ।
 
उक्त घटनामा पर्ने सबै विद्यार्थीलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस घटनाको अनुसन्धान भइरहेको बताइएको हो ।गत अप्रिल १९ मा पनि रुस्ताक जिल्लामा रहेका बालिकाहरुको विद्यालयमा भएको यस्तै घटनामा ६२ जना बालिकालाई बिष दिइएको थियो ।
 
तखार प्रान्तमा गएको दुई हप्तामा यस प्रकारको घटना भएको यो दोस्रो पटक हो । तालिवानहरु बालिका शिक्षाका विरोधी हुन् । उनीहरुले नै समय समयमा बालिकालाई यसरी विष पिलाउने गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१