फल्न नभ्याउँदै आँप किन्ने व्यापारी बगैचा भरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ बैशाख २०७३, बुधबार ०५:१८

mangoसन्तोष सुवेदी । यसवर्ष आँपको उत्पादनमा राम्रो बृद्धि हुने भएकोले बढीभन्दा बढी मुनाफा कमाउन आँपका व्यापारीहरु गाउँ गाउँमा बगैंचा खोज्दै हिड्न थालेका छन् ।गाउँघरको बोटमा फल्ने आँप एकैपटक कृषकको बगैंचाबाटै खरीद गर्ने उद्देश्यले व्यापारीहरु आँप विकसीत हुनुभन्दा अगाडि बोटको आकार र संख्या हेरी बगैंचा ठेक्कामा लिन गाउँ गाउँ खोज्दै हिडेका हुन् । लहान नगरपालिका–१ निवासी आँप व्यापारी नागेन्द्र प्रधानले यसवर्ष आँपको उत्पादन राम्रो हुने भएकोले लहानमा रहेको तीन वटा बगैंचा आफूले ठेक्कामा लिइसकेको जानकारी दिनुभयो । उहाँले आफूले १२ विगाहा, ७ विगाहा तथा २ विगाहाको गरी तीन वटा बगैंचा ठेक्कामा लिइएको बताउनुभयो । बगैंचामा फल्ने सबै आँप प्याकिङ्ग गरी काठमाण्डौंको मण्डी व्यापारीकहाँ पु¥याइन्छ, प्रधानले भन्नुभयो–त्यहाँ मण्डी व्यापारीहरुले आँपको माग हेरी भाउ लगाउने र सोही भाउ चलनचल्तीमा राख्ने गर्दछन् ।
यसपालि फल्ने वर्ष भएको हुनाले प्रति विगाहा ७५ हजार रुपियाँको दरले आँपको बगैंचा ठेक्कामा लिएको उहाँले जानकारी दिनुभयो । प्रधानका अनुसार थप ५० हजार आँपको रुखको औषधोपचार तथा मजदुरी खर्च पर्ने भएकोले ठेक्कामा प्रति विगाहा एक लाख २५ हजार रुपियाँको दरले आँपमा लगानी पर्दछ । व्यापारीहरुले लहानभन्दा बाहिरका गाविसमा रहेका अन्य बगैंचामा सोही अनुसार ठेक्का लिने गरेको अर्का ठेकेदार व्यापारी शिवा महतोले बताउनुभयो । ‘सिरहामा आवश्यक पर्ने आँपको आपूर्ति त फुटकर व्यापारी र फुटकर रुखबाट नै पर्याप्त हुन्छ’, आँप व्यापारी महतोले भन्नुभयो–हामीले ठेक्कामा लिएको आँप त काठमाण्डौंको लागि पो हो । स्थानीय बजारको अनुपातमा काठमाण्डौंको थोक व्यापारीलाई विक्री गरिने आँपबाट बढी मुनाफा हुने भएकोले यहाँका प्रमुख व्यापारीहरुले आँप निकासी गर्ने गरेको आँप व्यापारी महतोको कथन छ । सिरहामा यस वर्ष फल्ने वर्ष भएको हुनाले प्रति हेक्टर नौ मेट्रिक टनभन्दा बढी आँपको उत्पादन हुने अनुमान जिल्ला कृषि विकास कार्यालयको छ । यस वर्ष सिरहामा चार हजार आठ सय ८० हेक्टर जग्गामा आँपको खेती गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१