अमेरिकी डाइर्भसिटी भिसा अर्थात इडिभी २०१७ को नतिजा सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ बैशाख २०७३, बुधबार ०४:२६
इडिभीकाठमाडौं,२२  वैशाख । अमेरिकी डाइर्भसिटी भिसा अर्थात इडिभी २०१७ को नतिजा सार्वजनिक भएको छ । सन् २०१५ को अक्टोबर १ तारिखदेखि नोभेम्बर ३ तारिखसम्म इडिभी प्रोग्राममा सहभागी हुनेहरुले भरेको डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको हो ।
सार्वजनिक भएको डिभी चिठ्ठाको नतिजा https://www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । नतिजा हेर्नका लागि डिभी भर्दा दिएको कन्फरमेसन नम्बर र जन्ममिति अनिवार्य हाल्नु पर्ने छ ।
काठमाडौंमा रहेको अमेरिकी दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाउने स्पष्ट पारेको छ । दूतावासले भिषा वा अन्तर्वार्ताका लागि भनेर कसैसँग पनि अग्रिम शुल्क नलिने स्पष्ट पार्दै कसैले तपाईंलाई डिभी परेको छ रकम जम्मा गर्नु भनेर इमेल वा फोन गरेमा त्यसमा नफस्न सबैलाई सचेत गराएको छ ।
दूतावासले डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने स्पष्ट पारेको छ । नेपालमा सोमबार देखि शुक्रबारसम्म (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म) केन्द्रको फोन नं:१-८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिनेछ । अमेरिकामा रहनेहरुले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्ने दूतावासले जनाएको छ । निवेदकहरुले support-nepal(at)ustraveldocs.com मा ईमेल गरेर पनि जानकारी लिन सक्ने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१