संवैधानिक रुपमा प्रत्याभूत गरे पनि पूर्ण रुपमा अनुभूति हुन नसकेको नोजाको गुनासो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ बैशाख २०७३, बुधबार ०३:४९

noja 1 काठमाडौँ ,२२ बैशाख । (मे ३) अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस मुलुकभर विभिन्न कार्यक्रमगरि मनाइएको  छ। संविधानसभाको निर्वाचनमार्फत लोकतान्त्रिक संविधानः प्रेस स्वतन्त्रताको रक्षा श्रमजीवी पत्रकारको हितमा हाम्रो अभियान’ भन्ने नाराका साथ राष्ट्रिय अनलाईन पत्रकार संघले राजधानीमा अन्तरक्रिया  आयोजना गरेको थियो।

विश्वका एक सय भन्दा धेरै राष्ट्रले हरेक वर्षको मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरेका छन् । नेपालमा प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा नै सुनिश्चित गरिएको छ । तर संवैधानिक रुपमा प्रत्याभूत गरे पनि पूर्ण रुपमा अनुभूति हुन नसकेको पत्रकारहरुको गुनासो छ ।

राष्ट्रिय अनलाईन पत्रकार संघका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगाना ,एम्नेष्टि इन्टरनेसनल नेपालका अध्यक्ष सुर्य बहादुर अधिकारी ,नेपाल प्रेस क्लबका अध्यक्ष रामकृष्ण कर्माचार्य , आइटीशर्ट नेपालका अध्यक्ष राजनराज पन्त ,हेल्पिंग ह्यान्ड्स इन्टरनेशनलका सचिब राजेन्द्र राज अधिकारी लगाएत बाक्लो पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रमको  सम्बोधन गर्दै बक्ताहरुले प्रेस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्रको पक्षमा पत्रकारहरूले पुर्‍याएको योगदान अद्वितीय रहेको भन्दै मुलुकमा लोकतन्त्र स्थापना भएको लामो समय वितिसक्दासमेत राज्यले अझै पत्रकारहरूको भौतिक सुरक्षा र व्यावसायिक हक हितमा ध्यान नपुर्‍याएको बताएका थिए।noja

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१