सामुदायिक विद्यालयमा पनि रंगीन पुस्तक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ बैशाख २०७३, मंगलवार ०८:०७
books 1काठमाडौँ  २१ वैशाख । सरकारी विद्यालयमा विद्यार्थीका लागि जनक शिक्षाबाट पुस्तक छपाइ हुने भएकाले निजी विद्यालयका विद्यार्थीको पुस्तकको मूल्य धेरै सस्तो हुने केन्द्रका कार्यकारी निर्देशक पौडेलको भनाइ छ । अहिले निजी विद्यालयका पुस्तकभन्दा झन्डै आधा सस्तो हुने उनको दाबी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
 
निजी विद्यालयमा अध्ययन गर्नेले चार रङ प्रयोग भएका पुस्तक पढ्न पाए पनि सामुदायिक विद्यालयका विद्यार्थी भने यस्तो सुविधाबाट वञ्चित थिए । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले ‘फोर कलरमा सिआरसी’ तयार गर्न सुरु गरेको बताए । यही आर्थिक वर्षभित्रमा ‘फोर कलरमा सिआरसी’ तयार गर्ने केन्द्रको तयारी रहेको छ ।
 
चार रङका पुस्तक छपाइका लागि रकम धेरै लाग्ने भएकाले कुन कक्षासम्मको पाठ्यपुस्तक रंगीन छाप्ने भन्ने बजेटमा भर पर्ने कार्यकारी निर्देशक पौडेलको भनाइ छ । पौडेलले भने, ‘शिक्षा विभागले कति रकम मागेको छ, कति रकम आउँछ त्यही अनुसार हुन्छ ।’
 
सरकारी विद्यालयमा विद्यार्थीका लागि जनक शिक्षाबाट पुस्तक छपाइ हुने भएकाले निजी विद्यालयका विद्यार्थीको पुस्तकको मूल्य धेरै सस्तो हुने केन्द्रका कार्यकारी निर्देशक पौडेलको भनाइ छ । अहिले निजी विद्यालयका पुस्तकभन्दा झन्डै आधा सस्तो हुने उनको दाबी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१