छाडेन लादेनको भुतले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ बैशाख २०७३, मंगलवार ०७:०१
bin laden
एबोटावाद– २ मे २०११ मा पाकिस्तानको पहाडी सहर एबोटावादमा अमेरिकी सेनाको एउटा समूह नेभी सिलले अलकायदा प्रमुख ओसामा बिन लादेनको हत्या गरेका थिए ।
 
त्यो दिन तीनका लागि सफलताको कथा होला तर स्थानीय छिमेकीका लागि भने आतंकको श्रृंखला ल्याउने दिन बन्यो ।
 
लादेन मारिएपछि अबोटावादको लादेनको घर ध्वस्त पारिएको थियो । यतिबेला त्यहाँ घरको चिनो मात्र छ ।
 
पाँच वर्ष यता त्यो घर वरपर स–साना घर थपिएका छन् । लादेनको घरभित्र पानीको टुटी जोड्ने पाइप फुटेकाले बेलाबेलामा त्यहाँबाट पानी चुहिन्छ । यसलाई छिमेकले प्रयोग गरिरहेका छन् ।
 
आधा दशकमा यो ठाउँ वरपर धेरै बदलिइ पनि त्यो दिनको सम्झना केहीलाई अझैं ताजा छ ।
 
८४ वर्षका जैन बाबा त्यो बेला लादेनको घर नजिकैको घरमा थिए । टोलभरीको मानिसहरु भेला हुने एउटा रुखमुनि उनको सधैँझैं बसाईं थियो । २ मेको त्यो रात छोरोसँग जैन बाबाले अर्सद खानको घरको रेखदेख गरिरहेका थिए । अमेरिकी सेनाका लागि अर्सद खान नै अबु अहमद अल कुवेती थिए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१