गायक सुर्य राईको दोस्रो गीति एल्बम ‘च्याट’ सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७३, सोमबार १७:२१

मकाठमाडौँ ।  २०६२ सालदेखि अनवरत रूपमा साङ्गीतिक यात्रा समर्पि गायक सूर्य राईको दोस्रो एल्बम ‘च्याट’ को विमोचन भएको छ । राजधानीको संवाद डबलीमा आयोजना भएको एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यतामा सो एल्बम विमोचन गरिएको हो । कार्यक्रममा नायक सविन श्रेष्ठ, यसराज गराज, संगितकार राम कार्की, साहित्यकार एबं गितकार सुरेन्द्र महर्जन ‘अमर’ लगायत सञ्चारकर्मीशरुको उल्लेख्य उपस्थििति रहेको थियो । एल्बम च्याटमा ६ ओटा गित रहेका छन् । दर्शकहरुको अत्याधिक मन जित्न सफल ‘च्यटिङ्गमा आउ राति’ बोलको गितको भिडियो विमोचन कार्यक्रममा देखाइएको थियो ।गित उक्त गितमा शब्द प्रशान राई, रोनु अधिकारीको रहेको छ भने संगित तथा एरेन्ज राम कार्कीको छ । उक्त भिडियोलाई चर्चित निर्देशक रोशन श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रको सुभमुहुर्त हुनु अगाबै सफल गीत चलचित्रमा समाबेश गर्ने निधो गरिएको छ । चलचित्र परिवर्तन र ब्ल्याक क्याटमा आफ्नो स्वर दिई सकेका गायक राईको ‘च्यटिङ्गमा आउ राति’ गीत सुनिल कटुवालको चलचित्र ‘नकाब’ मा समाबेश गरिने निर्देशक रोशन श्रेष्ठले बताए । उक्त चलचित्रमा चर्चित कलाकारहरु सविन श्रेष्ठ, निता ढुङ्गाना, सुनिल कटुवाल, एन्नि कुंवर लगायतले अभिनय गरेका छन् । एल्बम च्याटलाइ म्युजिक हाईलाइटले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१