सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले कर तिर्न अझै आलटाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७३, सोमबार १५:००
महानगरपालिकाकाठमाडौँ ,२० बैशाख ।   सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले महानगरपालिकालाई कर तिर्न अझै आलटाल गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाका अनुसार कर नतिरेको भन्दै कानुनी प्रक्रिया अघि बढाए पनि ठूला व्यावसायिक भवनले कर तिर्न मानिरहेका छैनन् । कर नतिर्ने व्यावसायिक र संस्थानको लागि कामपाले चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्ने लगायतका कारबाही गर्ने बताएको छ ।
सार्वजनिक र व्यवसायी भवनमध्ये काठमाडौँ मल, काठमाडौँ विजनेस पार्क, काठमाडाँै प्लाजा, साझा भण्डार लिमिटेड, सांस्कृतिक संस्थान, दुग्ध विकास संस्थानले हालसम्म कुनै पनि कर तिरेका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१