अमेरिकामा “नँया संबिधान र नेपाली कांग्रेसको भुमीका” बिषयक अन्तरक्रिया हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७३, सोमबार ०७:१०
congressरोशन अधिकारी /अमेरिका । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेपाली कांग्रेशका नव-निर्वाचित महामन्त्री डा.शसांक कोईराला अमेरीका भ्रमणको शिलशिलामा अमेरिकाको विभिन्न  ठाऊको भ्रमण गर्दै नर्दन क्यालिफोर्निया आउने हुनु भएको छ ।
नेपाली जन संपर्क समिती, नर्दन क्यालिफोर्नियाले यही आउंदो मंगलवार (May 3rd) शाँझ ५ बजे ॐ मण्डला हल 440 Ellis St.,San Francisco CA 94102 मा “नँया संबिधान र नेपाली कांग्रेशको भुमीका” का बिषयमा छलफल र अन्तर्कृया कार्यक्रम गर्ने तयारी गरेको छ ।
उक्त दिन , सम्पूर्ण  वे एरीया बासी दिदी-बहिनी तथा दाजु-भाईहरुमा उपस्थितीका लागी नेपाली जन सम्पर्क  समिती, नर्दन क्यालिफोर्नियाले सबैलाई उपस्थिति को लागि आह्वान गरेको छ ।
उक्त अवसरमा वाँहाहरुको राजनैतिक अनुभव साथै नेपालको “नँया संबिधान र नेपाली कांग्रेसको भुमीका” का बिषयमा छलफल र अन्तर्कृया हुने हुदा यो कार्यक्रम लाई एकदम महत्व को रुप मा लिएको छ ।उक्त कार्यक्रम को सम्पूर्ण तयारी सकिसकेको र यो कार्यक्रम ले बे एरिया बासी हरुको सम्पूर्ण जिज्ञासा  मेटिने कुरा सभापति श्री पूर्ण शेर्पा ले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१