पाँच र दसका नोटलाई हेलाँ !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७३, सोमबार ०६:५४
वैशाख २० काठमाडौं। उपभोक्तले जतन नगर्दा पाँच र दसका नोट छिटो च्यातिने गरेका छन् । ठूला नोटको तुलनामा साना नोटलाई बेवास्था गर्दा ती च्यातिने गरेका छन् ।
 
हजार र पाँच सयका नोट बढी जतन हुने भएकाले तिनको आयु साना नोटको भन्दा बढी हुने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
 
केन्द्रीय बैंकको एक सर्वेक्षणले ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्ने गरेको देखिएको छ । हजार र पाँच सय नोटको तुलनामा पाँच, दस, बीस, पचास, सयका नोट छिटो काम नलाग्ने अवस्थामा पुगेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए ।
 
केन्द्रीय बैंकले वर्षको दुईपटक टूलो मात्रामा नयाँ नोट बजार पठाउने गर्छ । राष्ट्र बैंकले सबैभन्दा बढी परिमाणमा दसैंका बेला नयाँ नोट बजार पठाउने गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१