विद्यार्थी यार्सागुम्बा टिप्न जाँदा झण्डै ५० बिद्यालय बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ बैशाख २०७३, आईतवार ०६:५२

lekसम्राट सिंह / बझाङ १९  बैशाख  ।
विकट हिमाली जिल्ला बझाङका अध्ययरत विद्यार्थीहरु यार्सा टिप्न लेकतिर जाँदा झण्डै ५० विद्यालयहरु तीन महिनाका लागि बन्द भएका छन ।
विद्यार्थीहरु यार्सा टिप्न लेकतिर जाँदा जिल्लाको उत्तरी भेगमा पर्ने दौलिचौर, सूर्मा , दाँतोला , काँडा , मेलविसौना, दहबगर, रिलु गाबिसका करिब ३८ वटा बिद्यालय र धमेना,भामचौर गाविस र जयपृथ्वी नगरपालिकाको मयाना लगायतका झण्डै एक दर्जन बिद्यालयहरु गरी झण्डै ५० बिद्यालय पुर्ण रुपमा बन्द भएका हुन ।
यस क्षेत्रका बासिन्दाहरुको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा ७÷८ बर्षका बालक देखि ७० बर्षका बृद्धहरु पनि यार्सागुम्बा टिप्न लेक तिर जाने गर्छन ।
दुर्गम हिमाली जिल्लाका विद्यालयहरु बर्षामा ३ महिना यार्सा संकलनको समयमा र हिउंदमा मंसिर देखी फागुन सम्म जाडोका कारण बन्द हुने गरेका छन । यसैगरी दशै तिहार र अन्य विदाहरुमा समेत विद्यालय वन्द हुने हुनाले यस क्षेत्रका विद्यालयमा बर्षमा चार महिना पनि राम्रो संग पढाई नहुने गरेको विद्यार्थीहरु बताउँछन ।
बिद्यालय बन्द भएपछि बिद्यार्थीहरु संगै शिक्षक शिक्षीकाहरु पनि यार्सागुम्बा टिप्नका लागी लेकतिर हिँडेका छन । चैत्रको अन्तिम साताबाट यार्सागुम्बा संकलन सुरु गरी असारको मसान्त सम्म टिप्ने क्रम जारि हुनाले ३ महिनाका लागि बिद्यालयहरु पुर्ण रुपमा बन्द भएको काँडाका हस्त धामीले बताए ।
समुन्द्री सतह देखि ५००० मिटर भन्दा बढि उचाइमा पाइने यार्सागुम्बा टिप्नको लागी अहिले यस जिल्लामा छिमेकि जिल्ला बैतडि, हुम्ला, दार्चुला, बाजुरा र अछामबाट मानिसहरु आउने गर्दछन । धेरै उचाइमा गएर काम गर्नु पर्ने र पाल मुनिको बास हुने हुने हुनाले अधिकांश बालबालिका र बृद्धहरु चिसोका कारण लेक लागेर बिरामी हुने गर्दछन् भने बषेर्नी ३÷४ जनाको हिउँमा चिप्लेर ज्यानै जाने गरेको छ ।
फोटो क्याप्सन ः विधार्थी यार्सा टिप्न गए पछि वन्द भएको कांडाको कांडा माध्यमिक विद्यालय । तस्बीर सम्रँट सिंह

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१