क्षयकुमारलाई विवाहका लागि जिद्धी गर्दै आत्महत्या गर्ने धम्की

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ बैशाख २०७३, शनिबार १०:०३
अक्षयकुमारमुम्बई । शाहरुख खाकोको फिल्म फ्यान अप्रिल १५ मा रिलीज हुँदैछ । फिल्मको काहानी एक सुपरस्टार र उसको फ्यान विचको तितो मिठो सम्बन्धमा आधारीत छ । कहिलेकाँही रियल लाइफमा पनि सुपरस्टारले यस्ता फ्यानहरुको सामना गरेका छन् । जसका कारण सुपरस्टार हैरान हुन्छन त कहिले उत्साही ।
 
शाहरुखको फिल्ममा झै अक्षयकुमारको जिवनमा पनि यस्तै घटना घटेको छ । अक्षयकुमारका अनुसार उसका एकजना फ्यानले विवाहका लागि जिद्धी गर्दै आत्महत्या गर्ने धम्की दिएकी छिन् । केही समय पहिले अक्षयको जिवनमा अनौठो घटना घट्यो । अक्षयलाई उनका अंगरक्षकले आएर भने ‘एउटी केटी तीन दिन देखि घरको बाही धर्ना दिइरहेकी छे । तपाईसँग भेट्ने जिद्धी गरिरहकी छे ।’
अक्षयले कुनै पनि प्रकारको गडबडी हुन नदिन उनले केटीलाई घरमा बोलाए । अक्षयले सोचेकी उनी मेरो अटोग्राफ लिएर जान्छीन् । तर, जब उनकी फ्यान भित्र आइन तब अक्षयसँग टाँसिएर रुन लागिन र भनिन् तपाई मेरो व्याइफ्रेण्ड हो ।
अक्षय उक्त घटनाबारे बताउँदै भने ‘केटी राम्री थिइ । तर, उसका पागलपन देखेर मलाई डर लाग्यो । उसले की मलाई विवाह गर नत्र आत्म हत्या गर्छु भनी ।’
त्यो केटीको पागलपन देखेर अक्षयले चलाखिपूर्वक उसको घरको नम्बर मागे र घलरवालालाई बोलाए । अक्षयले बोलाउँन साथ ती केटीका घरपरिवार आए । परिवारका अनुसार उनी पंजावबाट अक्षयलाई मेट्ने चक्करमा भागेर आएकी हुन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१