दाग हटाई छालामा चमक ल्याउन अपनाउनुहोस यी घरेलु २० उपाय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ बैशाख २०७३, शुक्रबार १६:५६
Natural-Skin-Care१. दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।
२ . घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पु¥याउँछ ।
२ . बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।
३. आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ ।
४. आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ ।
५. बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पाखाल्दा दाग हटेर जान्छ । Natural-Skin-Care
६. पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ ।
 
७. प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
८. भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
९. ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ ।
१० .तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ ।
११. हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पु¥याउँछ ।
१२. केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ ।
१३. गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ ।
१४ गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ ।्
१५. घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ ।
१६. खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ ।
१७ं काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ ।
१८. एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१