यसरी ध्वस्त बनाएको थियो अमेरिकाले जापानका दुई शहर, तर अहिले अवस्था यस्तो छ, (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ बैशाख २०७३, बिहीबार १७:३६

अहिले अत्तरकोरियाले अमेरिका,दक्षिण कोरिया आण्बिक आक्रमण गर्ने चेतावनी दिइरहेको छ । उसले चेतावनी मात्र होइनकी भयंकर रूपमा आणबिक हतियार समेत परिक्षण गरिरहेको छ । सारा विश्व एकातिर र उत्तर कोरिया एकातिर हुँदा पनि उत्तर कोरिया डगमगाएको छैन बरु बाँकी विश्वलाई तर्साइरहेको छ । अबको युद्ध भयो भने भयानक युद्ध हुने र त्यससले सबै शखाप हुन सक्ने खतरा छ । आण्बिक आक्रमण भनेको एकैपटकमा लाखौँ मानिसको ज्यान लिने र त्यस ठाउँको अस्तित्व समापन गरिदिने खतरनाक हतियार हो । आणबिक आक्रमण कति दर्दनाक हुन्छ भन्न कुरा जापानमाथि अमेरिकाले गरेको आक्रमण हेरे हुन्छ । हिरोसिमा र नागासाकी, विश्वका धेरै मानिसको जिब्रोमा झुण्डिएको शब्द  हो । ६ दशकअघि अमेरिकाको आणविक बम आक्रमणमा ध्वस्त भएका यी दुई शहरको त्यतिबेलाको सम्झना गर्दा अहिले पनि आङ जिरिङ्ग हुन्छ ।
अमेरिकाले हिरोसिमामा आणविक बम आक्रमण गरेको ३ दिनपछि नागासाकीमा सन् १९४५ को अगस्ट ९ तारिखमा आक्रमण गरेको थियो । उसले नागासाकिमा दि ‘फ्याट म्यान’ नामको परमाणु बम खसालेको थियो । आणविक बम आक्रमण र त्यसका असरको कारण नागासाकीमा मात्र ७० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । अमेरिकाले खसालेको त्यो नरसंहारकारी ‘फ्याट म्यान’को तौल ४ हजार ६ सय ३३ किलो , लम्बाई ३ दशमलव ३ मीटर र गोलाई साढे एक मीटर थियो ।
हिरोसिमामा खसालिएको लिटिल ब्वाई नामको बमका कारण भने १ लाख ४० हजार भन्दा धेरैले ज्यान गुमाएका थिए । यी दुई ठाउँमा गरिएको आक्रमणपछि जापानले अमेरिका सामु आत्मसमर्पण गरेको थियो ।

हेरौँ आक्रमण हुँदा जापानको नागासाकी र हिरोसिमाको अवस्था र हालको अवस्थाका केही तस्विरहरु ।


हाल यी दुई शहरको अवस्था यस्तो भएको छ । ७० वर्ष अगाडी ठुलो विनास भएपनि आज विकासको उदाहरण यीनै शहर भएका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१