अचम्मका विश्वका यी ११ पुल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ बैशाख २०७३, बिहीबार १७:१३
बैशाख । विभिन्न खालका  कला भएका विभिन्न व्यक्तिले अनौठा अनौठा अवधारणाको विकास गर्दै गइरहेको छन् । उनीहरुको कला हरेक क्षेत्रमा अचम्मको बन्छ पनि । आकर्षक डिजाइन भएका डिजाइनरको अवधारणामा विश्वमा  अचम्मका पुल ११ अनौठो पुलमध्ये   कुनै निर्माण भइसकेका छन् भने कुनै निर्माण भइरहेका छन् । विश्वका आकर्षक ११ पुल यस्ता छन् ।

१. थोमस ह्याथरविक द्धारा लण्डनमा नर्माण गरिएको गार्डेन ब्रिज (लण्डन )  : लण्डनको थेमस नदी वरिपरि लगभग  ३० ओटा पुलहरु छन् । तर थोमसको डिजाइन रहेको यस आयोजनालाई धेरै महत्वाकांक्षी पुलको रुपमा हेरिएको छ । रुखै रुखले ढाकिएको बगैचाको लागत  २७५ मिलियन डलर हो । यने पुल निर्माणाधिन अवस्थामा छ ।

२.साराजेभो पुल (बार्सिलोना, स्पेन ) : यो ह्याथरविककै अवधाराणाबाट एक कदम अघि छ । यस पुलमा पनि हरियाली बनाउन खोजीएको छ । बिसिक्यू आर्किटेक्चरले यो पुललाई हरियाली बनाउने अवधारणाका निर्माण गर्न लागेको हो ।

३.कोबद्धारा डिजाइन गरिको उत्तरी कोग स्टेशन (कोग डेनमार्क )  ः  यो संरचनालाई देखेर आखाँ लगाउनेहरु धेरै छन् । यो पुलको डिजाइन कोव आर्किटेक्चर डिजाइन ,वेटलिङ र कोलले संयूक्त रुपमा गरेका हुन जुन पुलमा रेल र कार जाने बाटो पनि छ । साथसाथै गाडी पार्किङ गर्ने ठाउँ ,कुदाउने ठाउँ प्रशस्त छन् ।

४. राफेल भिनोलीद्धारा २०१५ मा डिजाइन गरिएको लगुना पुल (गारजोल उरुग्वे) :  उरुग्वेका आर्किटेक्चर राफेल भिनोलीद्धार डिजाइन गरिएको हो  । यो पुल माथिबाट हेर्दा साँच्चै प्रशंसा योग्य छन् । एउटा गोलाकार पुल जसले समुद्र भित्रको सानो पोखरी भित्रको पोखरीको प्रभाव सृजना गर्छ जसले र्याफ्टिङ गरेको जस्तो देखिन्छ ।

५. सन २०१० मा कक्स आर्किटेक्चरद्धारा डिजाइन गरिएको हेलिक्स पुल ( मेरिना व्य सिंगापुर )  :  जब यो २०१० मा खोलियों त्यतिवेला यो पुल दोहोरो हेलिक्स आकारको थियो ।  यो संरचनाले सांकेतिक जिवन नयाँपन ,विकास जस्ता कुराको  अर्थ राख्छ ।

६. सोल्भेसबर्ग पुल (स्विडेन सोल्भेसवर्ग २०१३ ) :  ट्विस्ट मोडमा सोल्भेसवर्ग पुल, युरोपको सबैभन्दा लामो मामुली  २४८० फिटको पुल जुन प्रकाश वास्तुशास्त्रद्धारा निर्माण गरिएको थियो । प्रकाशको रंगहरु परिवर्तन हुनेगरी अर्थात झिलिमिली हुनेगरी पहाडिया संरचनाको थियो यो पुल ।

७. ​लक्की नट पुल (चाइना) :  यसै बर्षबाट सञ्चालनमा आउने गरी यो पुलको  सेटिङ गरिएको छ । यो पुलको नाम र आकारले चाइनिजहरु सिंगारिएको सुर्काना हुन जसले राम्रो भाग्यको संकेत गर्छ ।

८. डानजियाङ ब्रिज (ताइवान) :  ३ हजार फिट माथि यो पुल छ । यो विश्वकै लामो सिंगल टावर भएको , असमान केवल रहेको पुल  हुनेछ ।

९. सन् २०१५ मा ओलापुर एलिसनद्धारा डिजाइन गरीएको सर्कल बोरेन पुल (कोपन हेगन डेनमार्क)  :  कलाकार ओलफुर ऐतिहासिक शहरहरुबाट प्रभावित थिए जव उनले यो पुलको डिजाइन गरिरहेका थिए । वृताकारको पाँच ठाउँलाई तारले बाधिएको छ जहा बन्दरगाहमाथि डुङ्गामा तैरिएको जस्तो भ्रम  हुन्छ ।

१० . हेम डोटेनद्धारा डिजाइन गरिएको जहंगजिजि क्यानयोन पुल ( जहंजिजि शहर चाइना ) : यो २०१६ मे मा जब खुल्छ अनि विश्वकै विशाल शिशाको मुनि पुल भएको जस्तो देखिन्छ । ६९ फिट लम्बाइ र ७१८ फिट उचाई हुनेछ । यो पुल बञ्जी जम्पको लागि पनि हुनेछ । पुल निर्माण भइरहेको छ ।

११.  नाइन एल्मस ब्रिज ( लण्डन युके ):  यो पनि निर्माणाधिन छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१