कम्प्युटर योगा ध्यान कसरी गर्ने त ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ बैशाख २०७३, बिहीबार ०५:१०

कसरी कम्प्युटर योगा गर्ने ?

तपाईं दिनभरी कम्प्युटरमा काम गर्दागर्दै थाक्नु भएको छ ?

दिनभरी कम्प्युटर चलाउँदा चलाउँदै आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने जस्ता समस्या पनि देखिन थालएका होलान् । तर चिन्ता लिनु पर्दैन तपाइँले कम्प्युटरमा काम सँगै योगा र ध्यान पनि गर्न सक्नुहुन्छ यस्ले तपाइँलाई स्फूर्ति प्रदान गर्ने र स्वास्थ्य समस्या पनि पर पारीदिन्छ ।

कम्प्युटरको कामबाट केही छिन ब्रेक लिएर तपाइँले कम्प्युटर योगा गर्न सक्नुहुन्छ ।  पाँच मिनेटको कम्प्युटर योगाले तपाइँलाई स्वस्थ राख्न पर्याप्त सहयोग गर्नेछ ।

कसरी गर्ने कम्प्युटर योगा ध्यान ?

कसरी कम्प्युटर योगा गर्ने पहिला कि बोर्डबाट हात हटाउनुहोस् । आँखा चिम्लिनुहोस् र आफ्ना सेवाग्राहीको भलोको कामना गर्नुहोस् ।तपाइँलाई अनुकुल हुने वा सधै सम्झिरहने कुनै मन्त्र वा वाक्य उच्चारण गर्नुहोस् ।
आत्मशान्तिको लागि भगवान सँग प्रार्थना गर्नुहोस् । यदि तपाइँलाई इश्वरमा विश्वास छैन भने शुद्ध हृदयले आत्मशान्तिको कामना गर्नुहोस् ।आफ्नो जीवनलाई सकारात्मक बाटोतर्फ लग्ने प्रण गर्नुहोस् ।मनलाई शान्त बनाउनुहोस् र एक मिनेटसम्म ओम शान्ति मन्त्र जप गर्नुहोस् ।केही समयको लागि शरीरलाई विश्रामको अवस्थामा छाड्नुहोस् । त्यसपछि आँखा खोल्नुहोस् । तपाइँले आफूमा नयाँ उर्जा संचार भएको पाउनुहुनेछ । त्यसपछि तपाइँ नयाँ उर्जाका साथ कम्प्युटरमा काम गर्न थाल्नुहुनेछ ।यो कम्प्युटर ध्यान योगाले तपाइँ आफ्नो कार्यस्थलको कुर्सीमै यथास्थितिमै बसेर गर्न सक्नुहुन्छ । दिनमा दुई तीन पटक यस्तो कम्प्युटर योगा गर्दा कम्प्युटरले पूराउने हानी कम हुनेमात्र होइन तनाव तथा अरु स्वास्थ्य समस्या पनि कम हुने योग विज्ञहरुको दाबी रहेको छ ।स्रोत : एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१