यस्तो गर्मी छ, कतै स्कीन बिग्रने पो हो कि ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ बैशाख २०७३, बिहीबार ०५:०७

गर्मी भन्नासाथ सबैलाई ओहो अब के गर्ने ? यस्तो घाम छ, स्कीन बिग्रने हो कि ? यो शब्दहरू प्रायः तपाइँं हामीले सुनिरहेकै हो तर गर्मी समयमा पनि हामीले हाम्रो आˆनो स्वास्थ्यको उचित हेरचाह गरेमा धेरै समस्याबाट छुटकारा पाउने छौँ । गर्मी समयमा छाला सुख्खा हुनेहुँदा छाला चाउरिने सम्भावना धेरै हुन्छ । त्यसैले हामीले हाम्रो खानामा विशेष ध्यान पुर्‍याउनु अनिवार्य हुन्छ । चियाको सट्टा कागती पानी, जुस बढी मात्रामा पिउने, खानामा कैल्सियम प्रोटिन, विटामीन्स कार्बोहाइट, मिनरल्स भएको खाना खाने र सँगै पानी, जुस, दही, दूध, फलफूलको प्रशस्त सेवनले शरीरलाई स्वःफूर्तता प्रदान गर्दछ । हामीले प्रत्येक बिहान गर्ने व्यायाम र योगले पनि दिनभरि तनावमुक्त बनाउँछ । सौन्दर्य सामग्रीले मात्र मान्छेलाई सुन्दर देखाउँदैन, हामीले प्रत्येक दिन खानपानमा कमी भयो भने अनुहारमा धेरै प्रकारका दागहरू देखिन थाल्छ त्यसैले भिटामिन भएको खाना अनिवार्य खानु पनि सुन्दर स्वास्थ्यको लागि राम्रो उपाय हो ।

गर्मी समयमा बढी चिल्लो निस्कने अनुहार जति मेक अप गरे पनि चिल्लो नै देखिने, ब्ल्याक हेड्सहरू धेरै आउने समस्यालाई अनुहारमा तेल निस्कने ग्रन्थीहरूलाई कम गर्ने उपायहरू गर्नुपर्छ । जस्तो सधैँ क्लिीनजिङ गर्ने एसटि्रजेट लोसन प्रयोग गर्ने । कागती, गोलभेडा, काँक्रोको रस मिसाएर सधैँ लगाउने र २० मिनेट राखी पखाल्ने यस्तो नियमितताले छालाबाट तेल निस्कन धेरै हदसम्म कम गर्दछ । मुसुरोको दाल रातभरि भिजाएर पिस्ने र काँचो दूधमा कागतीको रस केही थोपा राखी प्याक लगाउने र २० मिनेट जति राखी चिसो पानीले पखाल्ने यसले पनि चिल्लो छालालाई धेरै हदसम्म फाइदा गर्दछ । चिल्लो छालालाई सफा गरिरहनु एकदमै जरुरी छ किनकि रोमछिद्र बन्द हुनुको कारण नै चिल्लो पना बढी हुनु हो । यदि अनुहारमा ब्ल्याक हेड्सको समस्या छ भने हाइड्राक्सी एसिड भएको उत्पादनहरू प्रयोग गर्नुहोस् । चिल्लो खाना माछा, मासु, मिठाइ धेरै नखाने ।

कस्मेटीक प्रयोग गर्दा ओएल प|mी लेखिएका उत्पादन मात्र प्रयोग गर्ने । सूर्यको अल्ट्रावायलेट किरणले छालामा हानी कारक हुने हुनाले छालामा ओएल प|mी लेखिएको सनस्क्रीन प्रयोग गर्ने । लुज पाउडरको प्रयोग गर्ने, वाटर प्रुफ गाजल, मस्कराको प्रयोग गर्ने । मेकअप गर्नु अगाडि आइसको टुक्राले मुख सफा गरी मेकअप गर्नाले अनुहारमा मेकअप धेरै बेरसम्म रहिरहन्छ । सुख्खा छाला पनि हेर्दा नराम्रो, फुस्रो देखिने हुनाले र चाँडै चाउरिने हुनाले यस्तो छालालाई मस्चराइजरको धेरै प्रयोग गर्नुपर्दछ । बदामयुक्त क्रिमहरूको बढी प्रयोग गर्ने एलोभेरा -घ्यू कुमारी) लाई पिसेर अनुहारमा १५-२० मिनेट राखी सफा पानीले अनुहार सफा गर्ने । मेवालाई पिसेर त्यसमा एक चम्चा मह मिसाएर हप्ताको दुईपटक प्याक लगाउनाले अनुहारको चाउरीपन हट्नुको साथै अनुहारमा भएका दागहरू पनि हट्दै जान्छ । काँक्रोलाई पिसेर त्यसको प्याक २० मिनेट राखी पखाल्ने हो भने यसले अनुहारमा चमक ल्याउन धेरै सहयोग गर्दछ । केराको प्याकमा दही मिसाई हल्का मसाज गरी २० मिनेट छोडी दिनुहोस् र सफा पानीले धुनुहोस् यसो गर्दा पनि अनुहार चम्किलो हुने गर्दछ ।

मुलतानी मिट्टीमा दही मिसाएर हप्ताको एकचोटी लगाउनाले पातलो छालालाई धेरै सहयोग गर्दछ । सधैँ दूधको तरले अनुहार सफा गर्नुहोस् तर सुख्खा छालालाई मात्र एक चम्चा तर एक चम्चा मह मिसाई हप्ताको दुई पटक प्याक लगाउनले अनुहारमा चमक ल्याउन र चाउरीपन हुनबाट बचाउँछ । तपाइँको अनुहार साह्रै नै सुख्खा छ भने तपाइँं घरमै पनि मस्चराइजर बनाउन सक्नुहुनेछ । एक कप दूधमा चार-पाँचवटा स्टबेरीको रस र एक चम्चा ग्लिसरिन पि|mजभित्र सभा भाडामा राखी राति सुत्ने बेला उक्त लेप अनुहारमा लगाई बिहान सफा पानीले धोएपछि यसले राम्रो मस्चराइजरको काम गर्दछ । गर्मीयाममा खरबुजाको पेस्ट बनाई लगाउनाले पनि अनुहारमा शितलताको अनुभव दिन्छ । यदि घामले तपाइँको अनुहार साह्रै डढेको छ भने एकचम्चा श्रीखण्ड वा चन्दन पाउडरमा रोजवाटर मिसाएर पहिला अनुहारमा स्क्रब गरी उक्त प्याक दिनको एकपटक लगाउनाले पनि अनुहारलाई डढ्नबाट बचाउँछ ।

आˆनो छालाको प्रकारअनुसार हप्ताको एकपटक प्याक लगाउने १५ दिनको एकपटक डिप क्लिीनजिङ गराउने र दक्ष ब्युटीसियनद्वारा महिनाको एकपटक फेसियल गराउने राम्रो ब्रान्डेड कम्पनीका राम्रा उत्पादनहरूको प्रयोग गर्ने, दिनहुँ धेरै मेकअप नगर्ने, सधैँ क्लिीनजिङ, टोनर, नाइट क्रिम, सनस्त्रिmन प्रयोग गर्ने, उचित आहार व्यायाम, तनावमुक्त जीवन सँगै सधैँ खुशी रहनु, प्रशस्त पानी, फलफूलको बढी सेवन र सहयोगको भावना राख्नु, रिस, डाह, ईष्र्या, घमण्ड भएन भने पनि तपाइँको सौन्दर्यमा आँच आउन गाह्रै पर्ला ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१