मिस नेपाल कल्चरमा विशाखाको दावेदारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७३, बुधबार १५:०२

झापा । झापा बिर्तामोडकी विशाखा अग्रवाल मिस नेपाल कल्चरका उत्कृष्ट २८ प्रतियोगीको सूचीमा परेकी छिन् । युहान इन्टरनेसनल प्रालिले आयोजना गरेको मिस नेपाल कल्चर प्रतियोगिताका प्रतिस्पर्धीमध्ये फाइनल राउण्डका लागि छनोट गरिएका २८ जनामध्येमा अग्रवाल पनि परेकी हुन् ।00e0afe3-e208-4d7f-a2a1-0eedf46b94fb
युहान इन्टरनेसनल प्रालिकी कार्यकारी निर्देशक सञ्जिता श्रेष्ठका अनुसार आगामी वैशाख २० गते प्रतियोगिताका विजेताको घोषणा गरिने छ । प्रतियोगितामा हिमाली क्षेत्रदेखि तराईसम्मका विभिन्न समुदायका युवती सहभागी भएका छन् । 5edbd4c1-586b-42e4-b56a-17e589504b58
यसैबीच, बिर्तामोडकी २० वर्षीया विशाखालाई पनि मिस नेपाल कल्चरको उपाधि दाबेदारको रुपमा हेरिएको छ । लिटल फ्लावर्स अंग्रेजी स्कूलबाट एसएलसी उतीर्ण गरेकी अग्रवाल बालमिकी प्रोभिडेण्स कलेजबाट प्लस टु पास गरेकी छिन् । बिर्तामोडका व्यवसायी दिनेश र कान्ता अग्रवालकी कान्छी छोरी हुन् विशाखा । ‘नेपाली कला र संस्कृतिप्रति माया भएकै कारण मैले केही योगदान दिन प्रतियोगितामा भाग लिएकी हुँ, प्रतियोगितामा यो स्थानसम्म आउन मैले धेरै मिहेनत गरेकी छु’, उनले भनिन् – ‘अब समस्त झापाबासीको साथको अपेक्षा गरेकी छु ।’ उनले मेचीदेखि महाकालीसम्मका सबै नागरिकहरुलाई भोट दिएर सहयोग गरिदिन आग्रह गरेकी छिन् । विशाखालाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गएर एमएनसी टाइप गरी स्पेस दिएर ९ टाइप गरी ३३००१ मा पठाउनु पर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१