सरकारी वेबसाइटमा सनी लियोनका नग्न तस्बिर भेटिएपछि हंगामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७३, बुधबार ११:५१
sannyहैदरावाद । भारतको हैदराबाद नगर निगमको वेबसाइटमा सन्‍नी लियोनीको नग्न तस्बिर देखिएपछि हंगामा भएको छ । सोमवार नगर निगमको वेबसाइटमा पर पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोनीको नग्न तस्बिर देखिएको हो ।
यो तस्बिर केबल वेबसाइटको मुख्य पेजमा मात्रै देखिएन अन्य पेजहरुमा पनि थियो । सन्‍नी लियोनीको नाङ्गो तस्बिरले नगर निगमका प्राविधिक टीमले दिनभर तनाव झेल्नुपर्यो । हैदराबादका नगर निगम अधिकारीको होस त्यसबेला उड्यो जतिबेला (सोमबार) निगमको वेबसाइटमा सनी लियोनको नांगो फोटो देखियो। सनी लियोनको नांगो फोटो वेबसाइटको मुख्य पेजमा मात्र होइन बाँकी पेजमा पनि देखिन थाल्यो ।
भारतीय संचारमाध्यमका अनुसार निगमको टिमले सनीको नांगो फोटो हटाउन निकै कोशिस गर्यो तर सफल भएन। सबैभन्दा पहिला सनीको फोटो ग्रेटर हैदराबाद म्युनिसिपल कर्पोरेशन अफसाइड रियल टाइम मोनिटरिङ सिस्टममा देखिएको थियो। जो शरहको फोहोर उठाउने ट्रकको निगरानी गर्छ। आइटेक टिमले सो वेबसाइटको मुख्य पेजमा देखिएको सनीको नांगो फोटो हटाएपनि कुनै फाइदा भने हुन सकेन। किनभने सनीको नांगो फोटो वेबसाइटको भित्री पेजमा पनि देखिन थाल्यो। वेबसाइट बनाउने प्राविधिक टिम दोस्रो दिन पनि सो फोटो हटाउन लागपरे।
निगमका अधिकारीका अनुसार सो साइट सेन्टर अफ गुड गर्वनन्सले मेन्टेन गर्ने गरेको र सो फोटो हटाउने जिम्मेवारी पनि उसैको भएको बताएका छन्। सोमबारसम्म साइट कसैले ह्याक गरेको हो वा निगमका कर्मचारीले नै कुनै बदमासी गरेको हो भन्ने विषयमा खुल्न नसकेको भारतीय संचारमध्यमले जनाएका छन्। प्रहरीले निगमकातर्फबाट अहिले सम्म कुनै गुनासो नआएकाले कसैमाथि पनि अनुसन्धान सुरु नगरिएको बताएको छ।
एेजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१