अन्तिम संस्कार गर्ने ९ तरिका, मरेकालाई खानेसम्मको चलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७३, बुधबार ११:१३

amiएजेन्सी | जब कुनै मानिस मर्छ तव उसलाई गरिने अन्तिम संस्कार बिधि धर्म तथा बिभिन्न मान्यता अनुसार फरक-फरक हुने गर्छ । मुख्यत: संसारभर मृत्यु पछी शरीरलाई खतम गर्ने मुख्यत: दुइ तरिका छन् । पहिलो गाड्ने काम, दोश्रो जलाउने काम । यसको अलावा उमालेर कंकाल बनाउने, गुफामा राख्ने, पानीमा दाग दिने, पशु-पंछीलाई खुवाउने र लासलाई खाने परम्पराहरु पनि छन् ।

आउनोस् पढौं.. संसारका फरक फरक धर्म तथा समुदायहरुमा मान्छे मरेपछि अन्तिम संस्कार गरिने बिचित्र तरिकाहरूबारे जानौं…

१. मरेको लास खाने परम्परा

सबैभन्दा बिचित्र अन्तिम संस्कार गर्ने यो परम्परा न्यू गिनी र ब्राजीलका केहि क्षेत्रमा छ । यसको साथै केहि कुपोषित राष्ट्र तथा जंगली क्षेत्रमा पनि यो परम्परा छ । यस प्रकारको रिवाज अनुसार मृतक शरीरलाई खाने चलन छ । यी क्षेत्रमा लास खाने चलन यस कारण चलेको छ किनको यी मानिसहरुलाई खाद्य सामग्री पाउन मुश्किल छ, तर अहिले यस्तो अमानवीय तरिका केहि क्षेत्रमा मात्र प्रचलनमा छ ।

२. गुफामा राख्ने वा पानीमा बगाउने चलन

पहिले इजरायल तथा इराकी सभ्यतामा मानिसहरु मृतक सारिरलाई शहर बाहिर बनाईने एक गुफा मा राखी छाड्ने गर्थे । गुफाको बाहिर ढुंगाले बन्द गरिन्थ्यो । यसुलाई जब सूलीमा चढाइयो तब उनलाई मरेको ठानेर उनको लास गुफामा राखियो । इतिहासकार मान्छन कि यहूदिहरुले नै सबैभन्दा पहिल गाड्ने वा गुफामा राख्ने चलनको शुरुआत गरेका थिए । दक्षिण अमेरिकाका कयौं सभ्यतामा बढी पानी भएको तथा बहाव क्षेमता बढी भएको नदिमा फालेर मरेको लासको अन्तिम संस्कार गरिन्थ्यो ।

३. घाँटी थिचेर मार्ने परम्परा

फिजीको दक्षिण प्रशान्तदिपमा प्राचीन नेपालको सती प्रथासँग मिल्दो जुल्दो एक परम्परा छ । यदि यस क्षेत्रमा कोहि व्यक्ति मर्यो भने उसँग अर्को व्यक्तिलाई पनि मारेर संगै अन्तिम संस्कार गर्ने चलन छ । चलन अनुसार मरेको मानिसलाई उसँग कुनै एक प्रिय व्यक्तिलाई पनि मर्नुपर्छ र घाटी थिचेर मार्ने चलन छ । मान्यता के छ भन यसो गर्दा मर्ने मानिसलाई गाह्रो हुँदैन ।

४. पर्सिया अन्तिम संस्कार

पर्सियामा आज पनि मृतकहरुलाई न गाडिन्छ  नत जलाईन्छ । पहिले उनीहरु शवलाई चील घरमा राख्ने गर्थे ताकी मरेको सरिर गिद्ध तथा  चीलहरुलाई भोजन मिलोस् । अहिलेको युगमा यो सम्भव छैन र गिद्धको संख्या पनि गढ़दैगएको छ । यसैले उनीहरुले नयाँ उपाय खोजेका छन् । मरेका हरुलाई एउटा निश्चित स्थानमा राखिन्छ र सौर्य ऊर्जाको माध्यमबाट लासहरुलाई बिस्तारै-बिस्तारै जलाएर भस्म बनाइने गरिन्छ ।

५. जलाउने परम्परा

जुन ठाउँमा धेरै बन-जंगल पाइन्छ ति क्षेत्रहरुमा मरेपछि लासहरुलाई जलाउने परम्परा छ । मुख्यत: हिन्दू धर्ममा लासलाई जलाएर पन्च तत्वमा विलीन गर्ने परम्परा सदियौंदेखि चल्दै आएको छ । तर अन्य धर्मको अनुसार शवलाई जलाउने कार्य गलत मानिन्छ । हिन्दू मान्यता अनुसार लाससँग तुरन्त मोह छोडेर उसलाई खरानी बनाउनु अति उत्तम हुन्छ ।

६. घारमा लास राखेर उच्च चट्टानमा झुन्ड्याउने परम्परा

चीनको राजवंशमा लासलाई घारमा राखेर उच्च चट्टानमा झुन्ड्याउने परम्परा थियो । उनीहरुको मान्यता थियो कि यसरी राख्दा मृत व्यक्ति स्वर्गको नजिक पुग्छ र उनको आत्मा स्वतंत्रसँग चट्टानको चारैतर्फ घूमिरहन्छ ।

७. व्रजयान बौद्ध संप्रदायको परम्परा

पुरै संसारमा व्रजयान बौद्ध सम्प्रदायका मानिसहरुले अनौठो तरिकाले अन्तिम संस्कार गर्ने गर्छन् । यस्तो किसिमको कार्यमा लासलाई शमशान घाटमा लगिन्छ । जुन उच्च स्थानमा हुन्छ । त्यहाँ लामा (बौद्ध भिक्षु ) धूप बत्ती जलाएर लासलाई पूजा गर्छन् । फेरी एक शमशान घाटको कर्मचारी त्यो लासको छोटो-छोटो टुक्रा पर्छन् । दोश्रो कर्मचारी तिनै टुक्रालाई जौको आँटाको घोलमा डुबाउछन् । फेरी ति लासका टुक्राहरुलाई गिद्धलाई खुवाउने चलन छ ।

८. पिरामिड बनाउने परम्परा

मिस्रको गिजामा पीरामिडमा लास राखिने चलन निकै पुरानो मानिन्छ । यहाँ पाइने लास लगभग ३५०० बर्ष पुरानो मान्ने गरिन्छ । त्यहाँको मान्यता के थियो भने पिरामिड बनाएर त्यसमा लास राख्दा उक्त लास एक दिन फेरी जिउँदो बन्छ । यस्तो चलन मिस्रमा मात्र नभई भारत, श्रीलंका, चीन, तिब्बत र थाइल्याण्डमा पनि छ । चीन र तिब्बतमा आजपनि कयौं हजार वर्ष पुरानो प्राचीन पिरामिड छन् ।

९. गाड्ने परम्परा

गाड्ने परम्पराको शुरुआत भारतमा वैदिक कालबाट भएको मानिन्छ । आज पनि हिन्दू साधु समाज सन्तहरुलाई दाह संस्कार गरिन्न । उनीहरुको समाधि बनाएर राखिन्छ । इस्लाम बहुल भएका देशहरु जस्तै ईरान, अरब आदि ठाउँहरुमा मृतकहरुलाई जमीनमा गाड्ने गरिन्छ । त्यस्तै ईसाई धर्ममा मरेपछि गाड्ने रिति छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१