सय वर्षमा दोश्रो बिहे !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७३, बुधबार ०९:३५
बिहेकाठमाडौं । उमेर पुगेपछि बिहे हुन सामाजिक संस्कार नै हो । तर, बरबोटे गाविस इलाममा मंगलबार यस्तो विही आयोजना गरियो, जहाँ निम्तो मान्नभन्दा रमिता हेर्न पुगेकाहरु खचाखच थिए ।
 
निम्तालु र आगन्तुकले ‘बेहुला-बेहुलीलाई टीका लगाएनन् । न त अरु बिहेमा झै उपहार र दक्षिणा नै दिए । बरु, बेहुला बेहुलीबाट चाहिँ टीका र आशीर्वाद लिए । 
 
बरबोटे गाविस ७ का एक सय २ वर्षे टैकनाथ भुर्तेल र ९१ वर्षीया इन्द्रछाँयाको मंगलबार दोस्रो पटक बिहेुरहकै शताव्दी उत्सव आयोजना गरियो ।
 
बा्रम्हणबाट बेद पाठ गराइयो । गाई दान र आशीर्वाद लिने दिने कार्यक्रम गरियो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधी, पेसार्की, सामाजिक अगुवा लगायतको उपस्थिति रहेको थियो ।
 
धर्मशास्त्रले ठ्याक्कै नबताएपनि धार्मिक विश्वासअनुसार मासिनको उमेर सय वर्ष पुगेपछि दोस्रो जन्म हुने भएकाले पहिलेभन्दा भिन्न विधिअनुसार बिहे गरिदिने चलन समाजमा छ ।
अाजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१