मनास्लु–ल्होत्से हीरक महोत्सव मनाइँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७३, बुधबार ०७:१९

manasluकाठमाडौँ ।  सरकारले बैशाख १८ गते “मनास्लु–ल्होत्से हीरक महोत्सव” मनाउने भएको छ।  आजभन्दा ६० वर्षअघि सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार १६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिन अर्थात् मे ११ मा जापनिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरे । सन् १९५६ मे १८ मा स्विस नागरिक आन्स रेज र रिट्ज लुचसिङ्गरले आठ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको सफल आरोहण गरेका थिए । मनास्लु हिमालको प्रथम सफल आरोहीमा तोसियो जापानी नागरिक भएकोले जापानले पनि यस महोत्सवलाई ठुलो महत्व दिएको छ। सो महोत्सवमा भाग लिन विश्वको सर्बोक्च शिखर सगरमाथाको प्रथम महिला आरोही जापानी नागरिक जुनको ताबेई लगायत कारीब १०० जना जापानी आरोही र हिमालप्रेमीहरु आउने भएका छन। महोत्सव सम्पन्न गर्न ‘मनास्लु–ल्होत्से हीरक महोत्सव मूल आयोजक समिति’ गठन गरिएको छ जसअन्तर्गत समितिको अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव प्रेमकुमार राई छन् भने एनएमएका अध्यक्ष आङछिरिङ शेर्पा सदस्य सचिव रहेका छन्।   हिमालको प्रबर्दनकालागि चुनौती र अबसरको बिषयमा आयोजना गरिने सो गोष्टीमा अन्तरराष्ट्रिय अल्पाईन क्लवका अध्यक्षलगायत पर्वतीय क्षेत्रका बिज्ञहरुको सहभागीता रहने बताईएको छ। एक दिने शो महोत्सवमा ३८ लख ४० हजार खर्च हुने अनुमान गरिएको छ। मकालु–कञ्चनजङघा हीरक महोत्सव नोभेम्बर १९ मा मनाइँदै गत बर्ष नै मकालु–कञ्चनजङघा हिरक महोत्सब मनाईनु पर्ने भनिए पनि भुकम्प र नाकाबन्दिले गर्दा मनाउन नसकिएको उक्त महोत्सब पनि आगामी नोबेम्बर १९ मा मनाईने एनएमएका अध्यक्ष आङ छिरिङ् शेर्पाले जानकारी दिए।

६० बर्षको अन्तरालमा मनस्लुमा मात्रै १०६७ र ल्होत्से हिमालमा ६०४ पर्बतारोहिले सफल आरोहन गरिसकेका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१