उपप्रधानमन्त्री थापाको निम्तो स्वीकार्दै केरीले आगामी सेप्टेम्बरमा नेपाल भ्रमणमा आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७३, बुधबार ०६:४६
kamalकाठमाडौं । अमेरिकी विदेशमन्त्री जोन केरी नेपाल आउने भएका छन् ।  अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले अमेरिकी विदेशमन्त्री केरीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
 
उपप्रधानमन्त्री थापाको निम्तो स्वीकार्दै केरीले आगामी सेप्टेम्बरमा नेपाल भ्रमणमा आउने जवाफ दिएको परराष्ट्र स्रोतले जनाएको छ ।
 
उपप्रधानमन्त्री थापासँगको भेटका क्रममा अमेरिकी पक्षबाट राजनीतिक मामिला हेर्ने उपमन्त्री, दक्षिण तथा मध्य एसिया हेर्ने सहायक मन्त्री र अन्य दुई अधिकारी पनि सहभागी थिए । उपप्रधानमन्त्री थापा सोमवार अमेरिकाको मेरिल्याण्डमा प्रवासी नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए ।
 
नेपाली टोलीमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नियोग उपप्रमुख ऋषि घिमिरे र मन्त्रालयका उपसचिव भरत रेग्मीको सहभागिता थियो ।
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१