स्वास्थ्य केन्द्रको आँगनको पालमा छटपटिँदै सुत्केरी र शिशु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७३, बुधबार ०६:३०
sisuमन्थली । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रको आँगनमा टाँगिएको पालभित्र गर्मीले उकुसमुकुस भएकी सुन्तली श्रेष्ठ नबजात शिशुलाई हम्कदै थिइन्। खाटमा सुत्न नसकेर भुइँमा पल्टिएकी थिइन्। त्यहाँ खाटभन्दा कम राप आएको उनीले बताइन्। कान्तिपुर दैनिकमा समाचार छ।
युनिसेफको सहयोगमा वर्गादिन अघि बनाइएको पालमा सुत्केरी र नवजात शिशुलाई राख्ने गरिएको छ। गर्मीमा बस्नै नसक्ने उकुसमुकुस हुन्छ। दिउँसो मन्थलीको तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्न थालेको छ।
स्वास्थ्यर्मी चिनीमाय बलका अनुसार अन्यत्र ठाउँ नभएकाले सुत्थ्केरी र बच्चालाई पालमा राख्नु परेको हो। जिल्ला अस्पतालको अवस्था पनि त्यस्तै छ। भूकम्पले भवनमा क्षति पुर्याएकाले विरामीलाई पालमा राख्नु परेको छ। जाडामा अत्याधिक चिसो र गर्मीैमा तातोले बस्नै नसक्ने अवस्था रहेको विरामीको गुनासो छ। दाताको सहयोगमा अस्पतालका अस्थायी भवन निर्माण भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१