पुरुषहरुले आफु भन्दा बढी उमेरको महिला प्रति किन आकर्षित हुन्छन ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ बैशाख २०७३, मंगलवार १५:०३

महिलाकाठमाडौँ । विपरीत लिङ्गीप्रति आकर्षित हुन स्वभाविक  हो ।  पुरुषहरुले आफु भन्दा बढी उमेरको महिला प्रति एक अनौठो खालको आकर्षण राख्छन् भन्ने कुरा एक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा आफुभन्दा बढी उमेरको केटीसँग सम्बन्ध बनाएपछि उनीहरु मानसिक र शारीरिक रुपमा सन्तुष्ट भएको पाइएको छ । यसको कारणमा बढी उमेरका महिलाहरु जिम्मेवारी र व्यवहारिक भएको देखाएको छ । त्यस्ता महिलाहरुमा पुरुषको शारीरिक र मानसिक सन्तुलनको राम्रो तरिकाले व्यवस्थापन गर्न सक्ने क्षमता हुन्छ ,यसले गर्दा पनि पुरुषलाई सन्तुष्टको अनुभव हुन्छ । अर्को कारणमा यौनसम्बन्धको दौरानमा सही तालमेल हुनुलाई पनि मानिएको छ । तेस्रो कारणमा बढी उमेर भएका महिलाहरुमा घमण्ड हुदैन र उनले आफ्नो पुरुषको कुरालाई सही तरिकाले सम्बोधन गर्न सक्छिन् यसकारण पनि आफुभन्दा केही बढी उमेरका महिलासँग पुरुष आकर्षित भएको पाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१