विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ बैशाख २०७३, मंगलवार १३:४६

लक्ष्मीराज पाध्याय  /बाजुरा १४ बैशाख । बाह्रविस–६ किमगाउ स्थित त्रिपुरासुन्दरी प्राथमिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई सोमवार शैक्षिक सामग्री वितरण गरिएको छ ।
विद्यालयका एक सय दुई विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्धेश्यले शैक्षिक सामग्री वितरण गरिएको हो । सहयोग सामग्रीमा कापी, कलम र औजार बक्स वितरण गरिएको छ । educationl
जर्मनीको नेप्लिज बोण्डिङ इनको सहयोगमा उपलब्ध सामग्रीहरु सोमवार एक कार्यक्रमकाबीच पत्रकार महासंघका क्षेत्रीय संयोजक प्रकाश बिक्रम शाहले हस्तान्तरण गरेका हुन् । ३९ हजार मूल्य वरावर मुल्यका उक्त सामग्रीहरुमा एक हजार दुई सय कपी, एक सय दुई डट्पेन र ४० थान औजार बक्स रहेका छन् ।
जर्मनीको नेप्लिज वोण्डिङ इनको संयोजनमा जर्मनीको स्टुगार्डमा गरिएको कवड्डीकवड्डी च्यारिटी सो मार्फत उक्त सामग्रीहरु संकलन भई प्राप्त भएको संयोजक शाहले बताए । उक्त सामग्रीहरु विद्यार्थीहरुलाई दिइएको हो ।
कक्षा १ देखि ४ सम्म पठनपाठन हुने आफ्नो विद्यालयका बालबालिकहरुले शैक्षिक सामग्रीहरु उपलब्ध गराईएकोमा शिक्षक अभिभावकहरुले खुसी ब्यक्त गरे । ‘दुर्गमको विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरणका लागि छनौट गरेकोमा खुसी लागेको छ’, विद्यालयका प्रधानाध्यापक पूर्णवहादुर वुढाथापाले भने । यस्तो सहयोगले आधारभूत शैक्षिक सामग्रीहरु कापी, कलम नपाएर विद्यालय छाड्नुपर्ने बाध्यता नहुने अभिभावकहरु बताउ“छन् । आगामी दिनमा पनि पोशाक, स्टेश्नरी लगायत शैक्षिक सामग्रीहरु वितरण गरिने महासंघका केन्द्रीय सदस्य एंव क्षेत्रीय संयोजक शाहले बताएका छन् । शाहकै रोजाईमा बाजुराको विद्यालयका बालबालिकाहरुलाई सामग्रीहरु वितरण गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१