आइसीसीद्वारा नेपाल क्रिकेट संघ निलम्बन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ बैशाख २०७३, मंगलवार ०८:०६
क्यानअन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गर्ने निर्णय गरेको छ। मुख्यालय दुबईमा सोमबार बसेको आइसीसी बोर्ड बैठकले यस्तो निर्णय गरेको हो। क्यानको अाधिकारिकता सम्बन्धी विवाद अदालत पुगेको र क्यान नेतृत्वविहिन बनेकाले अाइसीसीको दफा २.९ अनुसार क्यानलाई निलम्बन गर्ने निर्णय भएको अाइसीसीले जनाएको छ।
नेपाली क्रिकेटमा नेतृत्व बिहीनताको अवस्था आएका कारण देखाउँदै दुबइमा सोमबार सम्पन्न आइसिसि बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।
निलम्बनमा परेपछि क्यानले अाइसीसीबाट अार्थिक सहायता नपाउने पनि अाइसीसीले जनाएको छ। यद्यपी नेपाली क्रिकेट टोलीले आइसिसिले गर्ने प्रतियोगितामा भाग लिन पाउने आइसिसिले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१