रसुवा । ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले रसुवाको धुन्चेस्थित टिम्स चेकपोस्ट संचालनमा आएकाकठिनाइहरु सम्बोधन गर्न हालै एक बहुपक्षीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
टान केन्द्रीय सदस्य तथा टिम्स बिभाग संयोजक तारानाथ लामिछाने ‘दिनेश’ को नेतृत्वमा भएको अन्तरक्रियामास्थानीय सरोकारवालाहरुले टिम्सको औचित्य बारे पर्यटकलाइ प्रभावकारी सुचना सम्प्रेषण नहुँदा समस्या आएकोजानकारी दिए | “एकै काउन्टरबाट राष्ट्रिय निकुंज प्रवेश शुल्क र टिम्स शुल्क उठाउँदा पर्यटकहरुले दोहोरो शुल्क किनलिएको भन्ने गुनासो गर्छन् | टिम्स के हो र यो शुल्क किन उठाइन्छ भन्ने कुरो पर्यटकले सजिलै बुझ्ने ब्यबस्थामिलाउनुपर्छ,” लांगटांग राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो ।
गत बैशाखको भूकम्प अघिसम्म टिम्स काउन्टर र राष्ट्रिय निकुन्जको काउन्टर एकै ठाउँमा थियो | तर भूकम्पपछिटिम्स चेकपोस्ट का कर्मचारीलाई लांगटांग राष्ट्रिय निकुन्ज कार्यालयले सो ठाउँमा बस्न दिएको छैन । यस कारणलांगटांग क्षेत्रमा जाने पदयात्रीहरुको अभिलेखीकरणमा समस्या उत्पन्न भएको छ ।
तेसै गरि रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले टिम्सबाट उठेको पैसा प्रभावित क्षेत्रमा खर्च नगरिएकोदुखेसो पोख्नुभयो | “यस क्षेत्रबाट बर्षेनी लाखौँ रुपैयाँ नेपाल पर्यटन बोर्ड र टानको खातामा पुग्छ | सो रकमको निश्चितअंश लांगटांग क्षेत्रमा फिर्ता जाने ब्यबस्था मिलाउन सके मात्र टिम्स दिगो हुन्छ,” पाण्डेले बताउनुभयो ।
साथै लांगटांग संरक्षण सरोकार समाज (लाकोस) का सन्तोष घलेले टिम्स कोषबाट लांगटांग क्षेत्रका पदयात्रा मार्गहरुमाफोहोर ब्यबस्थापन तथा स्थानीयहरुलाई आतिथ्य सत्कार तालिम दिन माग गर्नुभयो | “हामि टिम्सको बिपक्षमा छैनौं| तर यसले प्रभावित क्षेत्रमा फाइदा पुग्ने नसके यसको औचित्य समाप्त हुनसक्छ,” घलेले भन्नुभयो ।
अन्तरक्रियामा बोल्दै रसुवाका प्रहरी प्रमुख अबदेश बिष्टले टिम्सको मुख्य प्रयोजन पदयात्रीहरुको ब्यबस्थितअभिलेखिकरण भए तापनि गत बैशाखको भूकम्प पछी आफुले सो क्षेत्रमा पदयात्राको क्रममा रहेका पदयात्रीहरुकोसंख्या पाउन नसेको दुखेसो गर्नुभयो | “नेपालस्थित बिभिन्न दुताबासका प्रतिनिधिहरुले हामीलाई बाराम्बार फोन गरिपदयात्रीको बिबरण माग्नुभयो, तर हामीले उपलब्ध गराउनसकेनौं | आवश्यक परेकोबेला पदयात्रीको विवरण दिननसके टिम्स पूर्ण रुमपा असफल हुन्छ,” बिष्टले बताउनुभयो ।
बन तथा भुसंरक्षण मन्त्रालयका सह-सचिब केदारनाथ शर्माले स्थानीयलाइ बिश्वासमा लिन नसके टिम्स संचालनमाकठिनाइ आउनसक्ने जानकारी दिनुभयो ।
रसुवाका प्रमुख जिल्ला अधिकारि कृष्णप्रसाद अधिकारिले टिम्स र यसको प्रयोजनबारे पदयात्रीहरुले बुझ्ने गरि सुचनासम्प्रेषण गर्न टानलाइ आग्रह गर्नुभयो | “टिम्सको मूल उद्देश्य पदयात्रीको अभिलेखीकरण भएकाले टानको ध्यानयता जानुपर्छ | साथै पदयात्रा मार्गको मर्मत र स्तरोन्नती गर्न पनि संघले आबश्यक पहल गर्नुपर्छ,” अधिकारीलेसुझाब दिनुभयो ।
रसुवाका संसद छेवांग तेन्जेन तामांगले लांगटांग क्षेत्रका बासिन्दाले टिम्सबाट केहि फाइदा नपाएको जिकिर गर्नुभयो |टिम्सको आम्दानीको केहि अंश प्रभावित क्षेत्रमा फिर्ता आउने ब्यबस्था मिलाउन ढिलो भैसेको बताउंदै उहाँलेपदयात्रीलाइ सुरक्षाको प्रत्याभूति दिनसक्नुपर्ने बताउनुभयो | “लांगटांग क्षेत्र भूकम्पपछि पदयात्रीलाई खुल्ला भैसकेकोभए तापनि एक्लै हिंड्नेलाइ समस्या हुनसक्छ | केहि समयको लागि लांगटांग क्षेत्रमा FIT लाइ प्रतिबन्ध लगाउन मपर्यटन मन्त्रिसंग कुरो गर्छु,” तामांगले बताउनुभयो ।
टान टिम्स बिभागका संयोजक तारानाथ लामिछाने ‘दिनेश’ ले अन्तरक्रियामा सहभागी सबैलाई धन्यबाद दिंदै आएकासुझाबहरु अध्ययन गरि क्रमश लागु गरिने बताउनुभयो | भूकम्पपछि राष्ट्रिय निकुन्जको काउन्टरमा टिम्सचेकपोस्टका कर्मचारीलाइ बसी कार्यसम्पादन गर्न नदिंदा समस्या आएको बताउंदै उहाँले यथाशिघ्र चेकपोस्टकाकर्मचारीहरुलाई राष्ट्रिय निकुन्जको काउन्टरछेउमै बसेर कार्य सम्पादन गर्ने ब्यबस्था मिलाईदिन सम्बन्धित सबैमाअनुरोध गर्नुभयो ।
कार्यक्रममा टान सचिवालयका टिम्स इन्चार्ज प्रदिप कार्की, मिडिया कन्सल्टेन्ट बिष्णु भट्टराई तथा अपरेसन्सअधिकृत देबेन्द्र डंगोलको पनि उपस्थिति थियो ।
प्रतिक्रिया