जनोपयोगी शिक्षा नीति निर्माण गर्ने सरकारी तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ बैशाख २०७३, सोमबार १९:५७
जनोपयोगी शिक्षा नीति निर्माण गर्ने तयारीचितवन । सरकारले विगतका अनुभव र शिक्षा क्षेत्रमा भएका उपलब्धिको प्रभावलाई मूल्याङ्कन गर्दै जनोपयोगी शिक्षा नीति निर्माण गर्ने तयारी गरेको छ ।
गत वर्षको भूकम्पका कारण ३२ दिन र नाकाबन्दीका कारण ५४ दिन विद्यालय बन्द भएको भन्दै उनले सो समयमा पनि रेडियो, एफएम, टेलिभिजन, मोबाइल एप्स र सहयोगी पुस्तिका मार्फत केही हदसम्म विद्यार्थीले अध्ययन गरेको बताए ।
 
जिल्ला शिक्षा कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षाको नीतिमा सुधार गरेर मात्र शिक्षा क्षेत्रको विकास गर्न सकिने बताएका छन् । उनले सबैका लागि शिक्षा व्यावहारिक बनाउनुका साथै अनुसन्धानमुखी र प्रविधिमैत्री शिक्षा बनाइने र अहिले देखापरेको समकक्षताको समस्या समाधान गर्ने तर्फ आफु लागिपरेको जनाए । उनले क्रमशः ११, १२ हुँदै ८ र ९ कक्षामा पनि अक्षराङ्क नतिजा पद्धति अवलम्बन गरिने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१