नयाँ डिजाइन र फिचरका साथ सामसुङ ए फाइभ र ए सेभेन मोबाइल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ बैशाख २०७३, सोमबार १०:४८
सम्सुंगसामसुङले अघिल्लो वर्ष बजारमा ल्याएको ए सिरिजका स्मार्टफोन ग्यालेक्सी ए थ्री, ए फाइभ, ए सेभेन, ए एट ए नाइनले निकै राम्रो बजार बटुल्न सफल भए। फोनको लोकप्रियता र मागका कारण कम्पनीले ग्यालक्सी ए सिरिजका स्मार्टफोनको २०१६ संस्करण बजारमा ल्याएको हो।
नयाँ मोडल नयाँ डिजाइन, फिचरका साथ उपलब्ध छन्। यी नयाँ मोडलले ए सिरिजका फोनलाई अझैँ माथि पुर्याउन मद्दत गरेको व्यवसायीहरु बताउँछन्। फोनमा नयाँ फिचर थपिएका कारण उपभोक्तमा माँझ लोकप्रियता बढेको छ। ए सिरिजका अन्य स्मार्टफोनभन्दा ए फाइभ र ए सेभेनप्रति उपभोक्ताहरुले बढी चासो देखाएको उनीहरुको भनाइ छ।
ग्यालेक्सी ए फाइफ २०१५ मोडल 
ग्यालेक्सी ए फाइभमा ५ इन्च सुपर एमोले डिस्प्ले छ जसले ७२०×१२८० पीक्सेल रिजोलुशन दिन्छ। फोनमा कर्निङ गोरिल्ला ग्लास ४ प्रोटेक्सन छ। फोनमा १.२ जीएचजेड क्वाडकोर स्न्ययापड्र्यागन ४१० प्रोसेसर छ। २ जीबी र्याम भएको यस फोनको इन्टरनल मेमोरी १६ जीबी छ र यसमा ६४ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ।
यो डुअल सिम फोन हो र मेमोरी कार्ड प्रयोग गर्नको लागि सिम स्लटको प्रयोग गर्नु पर्ने हुन्छ। फोटोको लागि अगाछि ५ र पछाडि एलइडी फ्ल्यास सहित १३ मेगापीक्सेलको क्यामरा छ। पावरका लागि निकाल्न नमिल्ने २३०० एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ। यस पावरले थ्रीजी नेटवर्कमा निरन्तर १५ घण्टाको टकटाइम र ६८ घण्टाको म्युजिक प्ले ब्याकअप दिन्छ।
ग्यालेक्सी ए फाइभ २०१६ मोडल 
ग्यालेक्सी ए५ को २०१६ मोडेलमा ५.२ इन्च फुल एचडी सुपर एमोलेड डिस्प्ले छ जसले १०८०×१९२० पीक्सेल रिजोलुशन दिन्छ। पुरानो मोडलको तुलनामा नयाँ मोडलको डिस्प्लेमा सुधार गरिएको छ र रिजोलुशन पनि बढाइएको छ। प्रोटेक्सनका लागि अगाडि र पछाडि कोर्निङ गोरिल्ला ग्लास ४ दिइएको छ।
फोनमा १.६ जीएचजेड ओक्टाकोर स्न्यापड्रयागन ६१५ प्रोसेसर छ। २ जीबी ¥याम भएको यस फोनमा १६ जीबी इन्टरनल मेमोरी छ। यसमा १२८ जीबीसम्मको मेमोरी कार्ड प्रयोग गर्न सकिन्छ। यसमा पनि मेमोरी कार्ड प्रयोग गर्न सिम स्लट प्रयोग गर्नु पर्ने हुन्छ।
फोटोका लागि अगाडि ५ र पछाडि एलइडी फ्ल्यास सहित १३ मेगापीक्सेलको क्यामरा छ। पावरका लागि निकाल्न नमिल्ने २९०० एमएएच पावरको ब्याट्री छ।  यसले थ्रीजी नेटवर्कमा निरन्तर १६ घण्टोको टकटाइम दिन्छ भने ७५ घण्टासम्मको म्युजिक प्ले ब्याकअप दिन्छ। फोनमा फास्ट चार्जिङका फिचरका साथै फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ।
ग्यालेक्सी ए सेभेन २०१५ मोडल 
यस स्मार्टफोनमा ५.५ इन्च सुपर एमोलेड डिस्प्ले छ जसले १०८०×१९२० पीक्सेल रिजोलुशन दिन्छ। १.६ जीएचजेड ओक्टाकोर स्न्यापड्र्यागन ६१५ प्रोसेसर भएको यस फोनमा २ जीबी ¥याम र १६ जीबी इन्टरनल मेमोरी छ। ६४ जीबीसम्मको मेमोरी कार्ड यसमा प्रयोग गर्न सकिन्छ।
फोटोका लागि अगाडि ५ र पछाडि एलइडी फ्ल्यास सहित १३ मेगापीक्सेलको क्यामरा छ। पावरका लागि निकाल्न नमिल्ने २६०० एमएएच पावरको ब्याट्री छ। यसले थ्रीजी नेटवर्कमा निरन्तर १७ घण्टोको टकटाइम दिन्छ भने ५४ घण्टासम्मको म्युजिक प्ले ब्याकअप दिन्छ।
ग्यालेक्सी ए सेभेन २०१६ मोडल 
नयाँ मोडलमा पनि ५.५ इन्च सुपर एमोलेड डिस्प्ले छ जसले १०८०×१९२० पीक्सेल रिजोलुशन दिन्छ। प्रोटेक्सनका लागि अगाडि र पछाडि कोर्निङ गोरिल्ला ग्लास ४ दिइएको छ। फोनमा १.६ जीएचजेड ओक्टाकोर स्न्यापड्र्यागन ६१५ प्रोसेसर छ। ३ जीबी र्याम भएको यस फोनको इन्टरनल मेमोरी १६ जीबी छ। १२८ जीबीसम्मको मेमोरी कार्ड यस फोनमा प्रयोग गर्न सकिन्छ। यसमा भने दुईवटा सिमा राख्न मिल्ने र मेमोरी कार्ड छुट्टै राख्न मिल्ने विकल्प छ।
मेमोरी कार्ड प्रयोग गर्नको लागि कुनै एक सिम निकालेर राख्नु पर्ने झन्झट यस फोनमा छैन।फोनमा अगाडि ५ मेगापीक्सेल र एलइडी फ्ल्यास सहित पछाडि १३ मेगापीक्सेलको क्यामरा छ। पावरका लागि फोनमा ३३०० एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ। यसले थ्रीजी नेटवर्कमा निरन्तर १७ घण्टाको टकटाइम र ७८ घण्टाको म्युजिक ब्याकअप दिन्छ। फोनमा फास्ट चार्जिङका फिचरका साथै फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ।
‘ग्यालेक्सी ए फाइभ र ए सेभेन को पुरानो मोडलभन्दा नयाँ मोडलमा बढी विशेषता छन्,’ ललितपुर पुल्चोक स्थित प्राइम स्टोरका सञ्चालक सागर गौतमले भने, ‘नयाँ फोनमा भएका फिचरका कारण यस तर्फ उपभोक्तहरु बढी आकर्षित भएका छन्। नयाँ मोडलमा फुल मेडल बडी छ। डिजाइन पहिलाको मोडलभन्दा अझैँ राम्रो र लोभ लाग्दो छ। फिचर पनि यी मोडलमा थप गरिएका छन्।’
उनले भने, ‘नयाँ मोडलमा फिङ्गरप्रिन्ट सेन्सर छ।
आजको समयमा फोनको सुरक्षाका लागि फिङ्गरप्रिन्ट सेन्सर अति महत्वपूर्ण छ। यसले फोनलाई थप सुरक्षित राख्न मद्दत गर्छ। यसमा भएको फास्ट चार्जिङ फिचरका कारण फोनलाई निकै कम समयमा चार्ज गर्न सकिन्छ। यसमा भएका फिचरका कारण फोनले राम्रो प्रतिक्रिया पाइरहेको छ।’
नयाँ फिचर र नयाँ डिजाइन भएका कारण पुरानो मोडलको तुलनामा केही महंगो भएता पनि यी नयाँ मोडल किनी सकेपछि ग्राहकले गुनासो गर्ने ठाउँ नभएको सञ्चालक गौतमले बताए। फोन खरिद गर्न आउने ग्राहकलाई नयाँ मोडलका बारेमा आफूहरुले सम्पूर्ण जानकारी उपलब्ध गराउने भएका कारण ग्राहकले अलमल्ल पर्नु पर्ने बाध्यता नभएको उनले बताए।
ग्यालेक्सी ए फाइभ (२०१६) र ए७ (२०१६) मोडलको मूल्य क्रमशः ४८ हजार ४ सय ९० रुपैयाँ र ५५ हजार ४ सय ९० रुपैयाँ छ। यी दुवै फोन ब्ल्याक, ह्वाइट, पिङ्क र गोल्ड रङमा उपलब्ध छन्। सेतोपाटी बाट साभार

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१