नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले फायरिङ तालिमको शैली संशोधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ बैशाख २०७३, सोमबार ०७:३६

prahariकाठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले फायरिङ तालिमको शैली संशोधन गरेका छन् । टाउको, छातीमा गोली लागेर प्रदर्शनमा मारिनेको संख्या बढेपछि दुवै संगठनले भीड नियन्त्रणमा खटिने जनशक्तिको तालिम मोडल परिवर्तन गरेका छन् । स्थानीय प्रशासन ऐनअनुसार भीड नियन्त्रण गर्न गोली चलाउँदा घुँडामुन्तिर लाग्ने गरी हान्नुपर्ने व्यवस्था छ । तर, तालिममा टाउको, छातीलगायत संवेदनशील अंगमा गोली हान्न सिकाइने भएकाले कार्यक्षेत्रमा कानुनअनुसार जान नसकिएको निष्कर्ष उनीहरुले निकालेका हुन् नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा चर्केको आन्दोलनका क्रममा भीड नियन्त्रण गर्दा दुबै सुरक्षा संगठनले अपनाएको शैली मानवअधिकार संगठनबाट समेत आलोचित भएको थियो । मधेस आन्दोलनमा प्रहरी गोली लागेर ५० भन्दा बढीको ज्यान गएको छ ।भीड नियन्त्रणमा गोली चल्दा मानवीय क्षति भएको गुनासो बढेपछि फायरिङ तालिकमो मोडल परिवर्तन गर्न लागिएको नेपाल प्रहरीका प्रवक्ता माधव जोशीले भने । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया