चर्चित अभिनेत्री : जो भारतमा जन्मिएका होइनन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ बैशाख २०७३, सोमबार ०६:१०
depikaदीपिका पादुकोणः बलिउडमा चर्चित हुँदाहुँदा हलिउडमा पाइला चालेकी अभिनेत्री दीपिका पादुकोणको जन्म भारतमा भएको होइन। उनी डेनमार्कको कोपनहेगनमा ३० वर्षअघि जन्मिएकी हुन्। उनी जन्मिएपछि उनको परिवार भारत फर्किएको थियो।
क्याट्रिना कैफः क्याट्रिना कैफ ब्रिटिस हङकङमा जन्मिएकी हुन्। उनी ३२ वर्षकी भइन्।
सन्नी लियोनीः सन्नी लियोनी क्यानडाको ओन्टारियोमा जन्मिएकी हुन्। उनी ३४ वर्षकी भइन्।
ज्याकलिन फर्नान्डिजः ज्याकिलन श्रीलंकामा जन्मिएकी हुन। उनले सन् २००६ मा मिस श्रीलंकन युनिभर्स जितेकी थिइन्। उनको उमेर ३० वर्ष भयो।
नरगिस फाखरीः नरगिस फाखरी अमेरिकाको न्युयोर्क सहरमा जन्मिएकी हुन्। उनी ३६ वर्षकी भइन्।
एली अवरमः स्विडेनको स्टकहोममा जन्मिएकी एली २५ वर्षकी भइन्।
एमी ज्याक्सनः एमी ग्रेट ब्रिटेनको आइल अफ म्यानमा २४ वर्षअघि जन्मिएकी हुन्।
याना गुप्ताः चेक रिपब्लिकको बर्नोमा जन्मिएकी याना ३६ वर्षकी भइन्।

सेतोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१