संयुक्त राष्ट्रसङ्घीय महासन्धि अन्तर्गतको पेरिस सम्झौतामा हस्ताक्षर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ बैशाख २०७३, आईतवार २०:५६

kamalकाठमाडौँ,१२ बैशाख । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले शुक्रबार जलवायु परिवर्तनबारेको संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गतको पेरिस सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि–मुनले राष्ट्रसङ्घ मुख्यालय, न्यूयोर्कमा आयोजना गर्नुभएको ऐतिहासिक हस्ताक्षर समारोहमा भएको थियो । संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग न्युयोर्कबाट प्रकाशित विज्ञप्तिअनुसार हस्ताक्षर समारोहमा कोप २०, कोप २१ तथा कोप २२ (पेरु, फ्रान्स र मोरोक्को)का अध्यक्षसहित विश्वका १७५ जना नेता उपस्थिति हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि–मुनले सबै देशलाई सम्झौतामा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले यसबाट गरिब र कमजोर वर्ग आफूले सिर्जना नगरेको समस्याबाट ग्रस्त हुनु नपर्ने पनि बताउनुभयो । हस्ताक्षरपछिको कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री थापाले पेरिस सम्झौता नेपालजस्तो पहाडी देशमा बाढी पहिरोसंगै जलवायु परिवर्तनबाट हुने असरलाई समेत संबोधन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो दशौँ लाख मानिसको जीवनलाई असर पारेको छ, त्यसको न्यस्नीकरणको लागि हामी लाग्नु जरुरी छ । सम्झौता सन् २०१५ मा पारित गरिएका २०३०का दिगो विकास कार्यसूचि कार्यान्वयन गर्ने दिशामा जीवन्त माध्यम बन्ने पनि बताउनुभयो । उपप्रधानमन्त्री थापाले भन्नुभयो “हामीमा चुनौती सामना गर्नका लागि हाम्रो विश्वव्यापी प्रयास, समझदारी, सहयोग र साझेदारीको संयुक्त शक्तिमा ठूलो आशा रहेको छ” । शुक्रबार नै उहाँले स्वीडेनका उपप्रधानमन्त्रीसँगै एक सत्रको सहअध्यक्षता पनि गर्नुभएको थियो । उहाँले महासचिव वानले आयोजना गर्नुभएको दिवाभोजमा पनि सहभागी हुनुभएको थियो । कार्यक्रममा नेपालका तर्फबाट उपप्रधानमन्त्री थापासंगै एनसीसीएसपीका परियोजना प्रवन्धक नरेश शर्मा, राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईपनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१