नयाँ संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता : मन्त्री ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ बैशाख २०७३, आईतवार १४:१३

काठमाडौं । शान्ति बिकास र एकतामा जोड दिदै वल्र्ड पब्लिकेशनद्धारा प्रकाशित द युनिर्भसल टाइम्स् पत्रिकाले आफ्नो स्थापनाको दशौ बर्ष भब्य रुपमा मनाएको छ । पाक्षिक रुपमा प्रकाशन शुरु गरेको पत्रिका प्रेस काउन्सील नेपालको बर्गिकरणमा क बर्गमा पर्न सफल भएको छ । दशौ बार्षिकको अवसर पारेर आयोजीत कार्यक्रमा नेपाल सरकारका शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले सञ्चारमाध्यमहरु राष्ट्रवादी हुनु पर्ने बताउदै गलत कार्य गर्नेको बिरोध संञ्चार माध्यमले गरेर पनि राष्ट्रियताको बिरोध कहिल्यै गर्न नहुनेमा जोड दिए ।shantimantri द युनिर्भल टाइम्स्को दशौ बाषिकीलाई सम्बोधन गदै ढकालले सञ्चारमाध्यमले सरकारको गुण र दोषको आधारमा समर्थन वा बिरोध गर्न सक्ने भएपनि राष्ट्रको बिरोध भने गर्न नमिल्ने बताए । उनले नयाँ संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेको उल्लेख गर्दै संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सञ्चारमाध्यमको सकारात्मक योगदान आवश्यक रहेकोमा जोड दिए । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले सरकारले राजनैतिक दलहरुलाई बिश्वाशमा लिने दायित्व सरकार रहेको उल्लेख गदै सबै असन्तुस्ट पक्षको चित्त सरकारले बुझाउने बताए । मन्त्री ढकालले सरकार आपूर्ति ब्यबस्था सहज बनाउदै लगेको, छिमेकी मित्र राष्ट्रहरुसंगको सम्बन्ध सुमधुर बनाएको, सबै देशमा राजदुत पठाउने निर्णय गरेर कुटनैतिक सम्बन्ध मजबुत बनाउन लागेको र भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणको लागि पहिलो किस्ताको अनुदान रकम प्रत्यक जिल्लामा अख्तियारी पठाईसकेको बताए ।
ढकालले नयाँ बजेटबाट विकास निर्माणको मूल फुटाउने तयारी सरकारले गरेको जानकारी दिए । सबैमा देशभक्तिको भाबना जिउदो राख्न संचार माध्ययमले भूमिका खेल्नु पर्ने बताउदै संचार क्षेत्र शान्ति, विकास र सामाजिक एकीकरण मैत्री हुने पर्ने बताए । नेपालमा रहेका बामपन्थी र प्रजातान्त्रिक शक्तिहरुलाई मेलमिलाप र सहकार्यमा ल्याउने एक तेश्रो धारको आबस्यकता परेर नेपाल परिवार दल गठन भएको बताउदै अब बैज्ञानिक कन्जरभेटिभ शक्ति अपरिहार्य  रहेकोमा जोड दिए ।
कार्यक्रममा भानु भाषा प्रष्ठिानका अध्यक्ष प्रा.डा. मुकुन्दशरण उपाध्याले नेपालको मौलिक भाषा लोप हुने खतरा रहेको बताउदै नेपाली भाषा आन्दोलनको आवश्यकतामा जोड दिए । उनेले संसार भर प्रयोग हुने नेपाली भाषा एउटै हुनुपर्नेमा जोड दिदै नेपालमा बेला बेलामा नेपाली भाषालाई परिर्वतन गरेकोमा रोष प्रकट गरे ।
ब्यबस्थापीका संसद सदस्य मिलन कुमारी राजबंशी, नेपाल सेवा केन्द्रका अध्यक्ष देबि प्रसाद नेपाल, नेपाल दशनामी समाजका अध्यक्ष रबिन्द्र गिरी, नेपाल पत्रकार महासघ काठमाडौ शाखाका उपाध्यक्ष श्रीजन झा, गायक आन्नद कार्की , त्रिभुवन बिश्व बिद्यालयका डा. बि. एल शर्मा लगायतकाले समाजलाई सहि सूचना दिन युुनिर्भसल टाईम्सले खेलेको भूमिकाको प्रंशसा गरेका थिए । पत्रिकाका भाषा सम्पादक श्याम नेपाले स्वागत गरेको कार्यक्रमा बल्र्ड पब्लिकेशन प्रा.लिका अध्यक्ष सन्तोष कुमार पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१