कास्कीको सल्यानलाई पर्यटकीय गाउँ घोषणा गर्ने तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ बैशाख २०७३, आईतवार १३:५०
कास्की । पर्यटन पत्रकार संघ जाट–नेपालले कास्कीको सल्यान गाउँलाई पर्यटकीय गाउँ घोषणा गर्ने गरि त्रिपक्षिय सम्झौता गरेको छ । कास्कीको अध्ययन भ्रमणमा रहेको जाट नेपालको एक समूहसँग सल्यान पर्यटन समिति,कास्की र एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेकिङ प्रा. लि., काठमाडौले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । जाट–नेपालका अध्यक्ष देवीप्रसाद पन्त, कास्की पर्यटन समितिका अध्यक्ष बलबहादुर केसी र एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेकिङ प्रा. लि. एवं खुम्बिला संरक्षण प्रतिष्ठानका अध्यक्ष जिम्बाजङबु शेर्पाले उक्त एक वर्षे सम्झौतापत्रमा हस्ताक्षर गर्दै कास्कीको सल्यान गाउँलाई पर्यटकीय गाउँ घोषणासँगै आवश्यक प्रचारप्रसार र प्रबद्र्धनमा सहकार्यका साथ अगाडि बढ्ने सम्झौता गरिएको छ ।????????????????????????????????????

नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापा र त्यसै क्षेत्रका साँसद सिता गिरीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्झौताअनुसार जाट–नेपालले सिफारिस गरेका पत्रकारहरुलाई समिति र एटलान्टेले त्यस स्थानसम्म पुर्याएर आवश्यक सूचनाका साथै अन्य व्यवस्थापन गर्नेछ । सम्झौतामा स्थलगत अवलोकनमा पुग्ने पत्रकारले आफुले देखेका सामाग्रीहरुलाई प्रचारप्रसारमा लैजानेछन् ।
कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्दै एमाले पर्यटन विभाग प्रमुख थापाले त्यहाँका होमस्टेहरुलाई सरकारको कानुनी दायराभित्र ल्याउन आग्रह गर्दै आवश्यक व्यवस्थापन गर्न सुझाए । उनले सरकारी दायराभित्र आउने होमस्टेहरुलाई आर्थिक एवं प्रबिधिक सहयोग पुर्याउन आफु लागिपर्ने बताए । यसका लागि स्थानीयको सक्रियता आवश्यक भएको उनको भनाई थियो । साथै गाउँमा आउने पर्यटकलाई स्थानीय परिकार र स्थानीय आतिथ्य र स्वाद पस्कन सुझाव दिए ।
कार्यक्रममा साँसद गिरीले स्थानीयको उत्साहसँगै पर्यटनको विकास गर्नु आफ्नो कर्तव्य भएको बताईन् । सल्यानको पर्यटनको विकासमा पूर्बाधार नभएर कठिनाई उत्पन्न भईरहेको भए त्यस कठिनाई मेटाउन आफु लागिपर्ने बताईन् ।
कार्यक्रममा जाट–नेपालका अध्यक्ष देवीप्रसाद पन्तले संघको घोषित नीतिअनुरुप देशका एक गाउँलाई पर्यटकीय गाउँ घोषणा गर्ने योजनाअनुरुप सम्झौता सम्पन्न भएको बताए । ंसंघले सल्यान गाउँलाई उत्कृष्ट पर्यटकीय गाउँकोरुपमा लिएको भन्दै एक वर्षे सम्झौतापत्रमा भएको हस्ताक्षर अनुरुप छिट्टै सल्यानलाई पर्यटकीय गाउँ घोषणा गर्ने जानकारी दिए ।
त्यस्तै एटलान्टे माउन्टेनेरियरिङ एण्ड ट्रेकिङ प्रा. लिका अध्यक्ष जिम्बाजङ्बु शेर्पाले पर्यटन पत्रकारहरु र स्थानीयसँगको सहकार्यका साथ पर्यटकीय गाउँको प्रचारप्रसार र प्रबद्र्धनमा आफुले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाए । सल्यान पर्यटन समितिका अध्यक्ष बलबहादुर केसीले सल्यान गाउँलाई देशकै नमुना गाउँ बनाउने उद्घोषका साथ त्यँहा पुगेका पत्रकारहरुलाई स्वागत गर्दै स्थानीयपनको झल्को दिने पर्यटकीय गतिबिधि अगाडि बढाईने प्रतिबद्धता जनाए ।
सल्यानमा विश्वकै नमुना स्टोन गेमको सुरुवात
सोही अवसर पारेर सल्यानमा विश्वकै नमुना स्टोन गेमको सुभारम्भ गरिएको छ । नेपाली जाँतोले छोपेर राखिएका विभिन्न पाँच स्थानका स्टोन गेमले सल्यानको ऐतिहासिक पृष्ठभूमिलाई उजागर गराउनेछ । फ्रान्सेली नागरिक लरेञ्जले आविस्कार गरेको उक्त गेम अर्थात् खेलमा पाँचवटा जाँतोले त्यहाँको इतिहाँसलाई छोपेर राखिएको छ । पाँचैवटा खण्डको जाँतो घुमाएपछि त्यहाँको ऐतिहासिक विषय पूरा हुने र यसले स्वदेशी तथा विदेशी पर्यटकलाई अझै बढि अचम्मित पार्ने विश्वास लिईएको छ । सल्यानमा पर्यटनको प्रबद्र्धनका लागि फ्रान्सेली नागरिक जोन पेयर, खुम्बिला संरक्षण प्रतिष्ठान लगायतको महत्वपूर्ण भूमिका रहेको छ ।
अध्ययन भ्रमणमा जाट नेपालका सचिव हरिशरण न्यौपाने, सूचना तथा संचार क्लबका अध्यक्ष कृष्णानन्द भट्ट, सरकारी र नीजि संचारमाध्यममा कार्यरत पत्रकारहरु, फ्रान्सेली नागरिक लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१